Monday, March 20, 2023

साहित्य संगम मकवानपुरले ८ जना साहित्यकारलाई सम्मान गर्ने

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

हेटौंडा-मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले यस वर्ष ८ जना साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । संगमको मंगलबार बसेको बैठकले सम्मानसम्बन्धी निर्णय गरेको हो ।

संगमकी अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा बसेको बैठकले संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार साहित्यका विभिन्न विधामा योगदान पुर्‍याएका साहित्यकारलाई प्रदान गर्ने निर्णय गरेको छ । संगमले भैरव अर्याल स्मृति सम्मान यस वर्ष हरिकला उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

भैरव अर्यालको परिवारले २ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको सम्मानको राशी २१ हजार १ सय ११ रुपैयाँ रहेको छ । यस्तै, साहित्य संगम मकवानपुरले स्थापना गरेको मकवानपुर साहित्य श्रीबाट साहित्यकार सुवास खनाललाई प्रदान गर्ने निर्णय गरिएको छ । जसको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

संगमले यसवर्षको भेषनाथ अधिकारी स्मृति पुरस्कार साहित्यकार मनोज भण्डारीलाई प्रदान गरिने भएको छ । साहित्यकार विशाल अधिकारी (आशुतोष) ले बुबाको नाममा स्थापना गर्नुभएको यो पुरस्कारको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेका छ । हाल अमेरिका निवासी दीपक मुडभरीले मातापिताको नाममा स्थापना गर्नुभएको शुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार साहित्यकार दीपक गौतमलाई प्रदान गर्ने निर्णय गरिएको छ । जसको राशी १० हजार रहेको छ ।

यस्तै, शिक्षासेवी देवप्रसाद श्रेष्ठले आमाको नाममा स्थापना गर्नुभएको मंगलादेवी श्रेष्ठ स्मृति नारी पुरस्कार साहित्यकार रुकु कार्कीलाई प्रदान गरिने निर्णय भएको छ । जसको राशी ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ । यसैगरी हाँस्यव्यंग्यकार आरसी रिजालले आमाको नाममा स्थापना गर्नुभएको णकुमारी स्मृति साहित्य पुरस्कार बालजागृति इङ्लिस बोर्डिङ स्कुलकी सुविज्ञा सुवेदीलाई प्रदान गरिने भएको छ । जसको राशी ५ हजार रुपैयाँ रहेको छ । यो पुरस्कार साहित्यमा कलम चलाउने माध्यमिक तहमा अध्ययनरत छात्रालाई प्रदान गरिँदै आएको छ ।

यसैगरी, शेषजङ्ग स्मृति कथा पुरस्कार हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत् उषाकिरण अधिकारीलाई प्रदान गरिने भएको छ । शिक्षासेवी डेण्डीजङ्ग शाहले छोराको स्मृतिमा स्थापना गर्नुभएको यो पुरस्कारको राशी ५ हजार रुपैयाँ रहेको छ । यो पुरस्कार माध्यमिक तहमा अध्ययनरत् विद्यार्थी बीच कथा प्रतियोगिता गराई एक जनालाई प्रदान गरिँदै आएको छ ।

यस्तै साहित्यसेवी मुक्तिगोविन्द वैद्यले यसवर्षबाट स्थापना गर्नुभएको मुक्ति–तारा साहित्य पुरस्कार समीक्षक घनश्याम घिमिरेलाई प्रदान गरिने भएको छ । जसको राशी १० हजार रुपैयाँ रहेको छ । यो पुरस्कार साहित्यका विभिन्न विधामा योगदान पुर्‍याएका तथा क्रियाशील साहित्यकारलाई प्रदान गरिने जनाइएको छ ।

सार्वजनिक गरिएका सम्मान तथा पुरस्कार कोभिड–१९ संक्रमण न्यूनीकरण भएपछि विशेष साहित्यिक कार्यक्रमको आयोजना गरि प्रदान गरिने संगमकी अध्यक्ष न्यौपानेले जनाइएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।