Friday, March 31, 2023

पशुपतिलाई ३ करोडको भवन

ताजा / भरखरै प्राप्त

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

हेटौंडा/ मनहरी–४, मसिनेस्थित पशुपतिनाथ माविको नवनिर्मित विद्यालय भवन सोमबार हस्तान्तरण गरिएको छ । २०७२ को भुकम्पका कारण क्षति पुगेको विद्यालयमा नेपाल सरकारले दातृ निकाय एसियाली विकास बैंकको ऋण सहयोगमा ९ वटा कक्षाकोठा भवन निर्माण गरेको हो ।

मावि व्यवस्थापन समिति अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा निर्माण कम्पनीका तर्फबाट विद्यालय भवन सम्पन्न प्रमाणपत्र शिक्षा विकास तथा समन्वय एकाईं प्रमुख दीनानाथ गौतमलाई हस्तान्तरण गरिएको थियो । प्रमुख गौतमले स्थानीय सरकारका रुपमा रहेको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई र पालिका अध्यक्ष उप्रेतीले विव्यस अध्यक्ष गौतमलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा पालिका अध्यक्ष उप्रेतीले पशुपतिनाथ माविले भौतिक पूर्वाधारमा राम्रो काम गरेको बताउँदै आगामी दिनमा गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे । एकाईं प्रमुख गौतमले भुकम्पप्रतिरोधी भवन ३ करोड ८ लाखमा निर्माण सम्पन्न भएको बताउँदै थप १३ वटा कक्षाकोठालाई पौने २ करोड लागतमा प्रवलीकरण गर्ने कार्य जारी रहेको जानकारी दिए ।

कार्यक्रममा वडा अध्यक्ष ध्रुव खड्काले बिगतमा छाप्रोमा सञ्चालनमा आएको विद्यालयको भौतिक संरचनामा निकै सुधार आएको र आगामी दिनमा बालबालिका निर्भयसाथ अध्ययन गर्न पाउने बताए । विद्यालयका पूर्वप्रधानाध्यापक एवम् नेपाल सरकारका सेवानिवृत्त अधिकृत तीर्थराज पराजुलीले विद्यालयको बिगतको इतिहास बिर्सन नहुने कुरामा जोड दिँदै सबैले हातेमालो गरे लक्ष्यमा पुग्न सकिने बताए ।

विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, शिक्षक ईश्वर रिजालले बिगतमा सत्तलमा कक्षा सञ्चालन गरी स्थानीय बालबालिकालाई शिक्षा प्रदान गरेको स्मरण गर्दै विद्यालयको आगामी दिन उज्ज्वल रहेको बताए । बनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालकै एकमात्र माध्यमिक विद्यालयकोरुपमा रहेको पशुपतिनाथ माविमा करिब ५ सय बालबालिका अध्ययनरत् छन् ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाईं शाखा अधिकृत तथा सूचना अधिकारी कृष्णप्रसाद पौडेल, मनहरी गाउँपालिका शिक्षा प्रमुख हरिचन्द्र सापकोटा, स्रोतशिक्षक पूर्णभद्र भुसाल, समाजसेवी भरत पराजुली, विद्यालय व्यवस्थापन समिति पूर्वअध्यक्षहरु चन्द्रबहादुर न्यौपाने, बालमुकुन्द ढकाल, रामहरि बिष्ट, पवन खड्का, पुरुषोत्तम बिष्ट, शिक्षक–अभिभावक संघ संयोजक ऋषिराम गौतम, भवन निर्माण कार्यमा संलग्न इञ्जिनियर मुकेश जयसवाल, सन्दीप बिष्टलगायतको सहभागिता थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।