Wednesday, March 29, 2023

‘मकवानपुरका २ मेयर’ एक आचारसंहिताको सम्मानमा, अर्का दलको प्रचारमा

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

हेटौंडा÷उत्तरी मकवानपुरको थाहा नगरका मेयर लवशेर बिष्टले राजीनामा दिएका छन् । बिहीबार मेयर बिष्टले उपमेयर खड्ग गोपालीसमक्ष राजीनामा दिएका हुन् । आसन्न निर्वाचनका लागि पार्टीको चुनाब प्रचारप्रसारमा लाग्न आचारसंहिताको सम्मान गर्दै राजीनामा दिइएको नगर प्रमुख बिष्टले बताए ।

नगर प्रमुखमा रहेर पार्टीको कार्यक्रममा हिँड्न आचारसंहिताले नदिएका कारण राजीनामा दिइएको हो । माओवादी केन्द्रका आधिकारिक उम्मेद्वार विष्णु बिष्ट (आदर्श) लाई निर्वाचनमा जिताउनका लागि उनले अबका चुनाबीसभामा सम्बोधन गर्नेछन् ।

थाहा नगरका मतदाताले पुनः लवशेरलाई नै नगर प्रमुख जिताउने बताइरहे पनि बिष्टले एक कार्यकालमात्र काम गर्ने भनेर दोहो¥याएनन् । ५ वर्ष कार्यकालमा थाहा नगरको विकासमा फड्को मारेको वर्तमान नेतृत्वलाई जनताले पुनः जिताउन खोजेका थिए ।

५ वर्ष कार्यकालमा बिष्टले थाहा नगरलाई देशकै उत्कृष्ट स्थानीय तहका रुपमा परिचित गराएका छन् । उनकै पालमा थाहा नगर वित्तीय समानीकरण अनुदान प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारको गरेको कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट र बेरुजु फच्छ्र्यौट गर्ने विषयमा पनि देशकै सर्वोत्कृष्ट स्थानीय तह घोषित भएको थियो ।

तर, मकवानपुरको अर्को नगर हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत भने निर्वाचन आचारसंहिताविपरीत एमालेको चुनाबी अभियानमा लागेका छन् । महत स्थानीय तह निर्वाचनमा उम्मेद्वारको प्रचार अभियानमा लागेका हुन् ।

निर्वाचन आचारसंहिताले स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरेको छ । बहालवाला मेयर नै आचारसंहिताविपरीत पार्टीको चुनाबी अभियानमा भाषण गरेर हिँडिरहेका छन् । महत पछिल्लो दिन नियमितरुपमा चुनाबी अभियानमा गएर आश्वासनसमेत बाँडिरहेको गुनासो अन्य दलका नेता÷कार्यकर्ताको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।