Wednesday, March 29, 2023

‘एक हुँदै मन र शरीर’ मकवानपुरमा कोर्ट म्यारिज बढ्दो

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

मनिता राना

हेटौडा–करिब ३ वर्षअघि अदालती विवाह गरेका मकवानपुरका विशाल मगर भन्छन्–३ वर्षअघि कोर्ट म्यारिज गरेका थियौं । यस्तो विवाह छोटो समयमा र विश्वसिलो हुने भएकोले यो विवाह एकदम उचित लाग्यो । हामीले विवाह गर्न घरपरिवारको अनुमति नपाएका कारण कोर्ट म्यारिज (दर्ता विवाह) गर्नुपरेको थियो । हाल हामी दुवै खुशी छौं । हामीले हाम्रो वैवाहिक जीवन सुखमय बिताएका छौं । पछि केही परे अदालत साक्षी हुनेछ । हामी ढुक्क छौं ।

दर्ता विवाह भन्नाले कानुनी प्रक्रिया पु¥याइ सम्बन्धित जिल्ला अदालतमा गइ निवेदन गरी जिल्ला अदालतले दर्ता गरिदिइ गरिने विवाहलाई जनाउँछ । यस प्रकारको विवाह गर्न चाहने केटाकेटीले २ जना साक्षी राखी जिल्ला अदालतमा निवेदन दिनुपर्दछ र जिल्ला अदालतले निवेदनमाथि आवश्यक अनुसन्धान गरी साक्षीहरुको रोहबरमा दर्ता विवाह गरी सोको प्रमाणपत्र प्रदान गर्दछ ।

मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ६७ विवाह भएको मानिनेमा भनिएको छ–कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पतिपत्नीका रुपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ । विवाह दर्ता ऐन, २०५८ दफा ५ बमोजिम विवाह गर्न चाहने सोही ऐनको दफा ४ ले तोकेको योग्यता पुगेको पुरुष र स्त्रीले तोकिएको ढाँचामा दरखास्त दिइ विवाह दर्ता गर्ने प्रावधान छ ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोशमा विवाह भनेको ‘स्त्री र पुरुषका बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने सामाजिक कृत्यलाई विवाह भनिन्छ’ भनिएको छ । ब्ल्याक ल डिक्सनेरीले विवाह भन्नाले स्त्री र पुरुष कानुनी बन्धनमा रहेर ‘लोग्ने’ र ‘स्वास्नी’ हुनु हो । विवाह र विवाहको सम्झौता र विवाह भइसकेका अवस्था फरक हुन् । विवाहले व्यक्तिलाई कानुनीरुपमा जीवन जिउन पति र पत्नी रहन्छन्, जबसम्म सम्बन्धबिच्छेद गर्दैनन् ।

विवाह एक पवित्र सम्बन्ध हो । त्यसैले विवाहले सामाजिक मूल्य र मान्यता राख्छ । हामीकहाँ के सोचाइ छ भने जिन्दगी चलाउन विवाह गर्नुपर्छ । विवाहपछि जब एक पुरुष र महिला एकाकार हुन्छन्, उनीहरु दाम्पत्य जीवनमा प्रवेश गर्छन् । दाम्पत्य जीवनपछि नै कुनै पुरुष र महिला खुलारुपमा एकाकार हुन पाउने मान्यता छ । उनीहरुले आफ्नै घरबार सुरु गर्छन् । बालबच्चा जन्माउँछन् । एक हिसाबले यो सृष्टिको निरन्तरता पनि हो ।

नेपालमा २० वर्षमाथिका व्यक्तिले विवाह गर्नसक्ने कानुनी प्रावधान छ । जसले २० वर्ष नपुग्दै विवाह गर्छन्, त्यो बालविवाह मानिन्छ । मकवानपुरमा दर्ता विवाह केही बढेको पाइन्छ । विगतमा घरपरिवारले उमेर नपुगी विवाह गरिदिने चलन रहिआएको थियो तर आजभोलिका युवा आफ्नै मञ्जुरीमा उमेर नपुगी विवाह गर्न थालेका छन् ।

पछिल्लो समयमा अदालती विवाहलाई मानिसले प्राथमिकता दिन थालेका छन् । युवाहरुले प्रायः छोटो समय र विदेश जाने चक्करमा अदालती विवाहलाई प्रोत्साहन दिन थालेको पाइन्छ ।

मकवानपुरमा विगतको समयमा भन्दा वर्तमान अवस्थामा अदालती विवाह बढ्दो क्रममा देखिन थालेको अधिवक्ता रामकृष्ण देउलाले बताए । अदालती विवाह गर्दा दुवै पक्ष (केटा÷केटी) अविवाहित हुनुपर्ने, पहिले विवाह भइसकेको छ भने त्यो विवाह हुन नसक्ने देउलाले बताए । दर्ता विवाहका लागि महिला र पुरुष दुवै जना २० वर्ष पूरा भएको हुनुपर्दछ ।

वर्तमान समयमा शहरी क्षेत्रमा त यसको प्रभाव छ नै, गाउँघरतिरकाले पनि अदालती विवाह गर्न थालेका छन् । अदालती विवाह गर्दा केटा र केटी दुवैले छाड्न नपाउने र भरपर्दाे हुने विश्वास गरिएको पाइन्छ ।

सबैका इच्छा फरक हुन सक्दछन् । अदालती विवाह विशेषगरि विदेश जाने वा केटा पक्षले केटीलाई समेत विदेश लैजान बढी अदालती विवाह गर्ने गरेको पाइन्छ । विदेशमा कागजपत्र मिलाउनका लागि महिला र पुरुषले यस्तो विवाह पनि गर्दछ । कतिपयले यस्तो विवाहलाई कागजी विवाह पनि भन्ने गरेको पाइन्छ । पुरुष पक्षले महिलालाई बीचमा छाड्लान् भन्ने डरले विशेषगरि महिलाहरु अदालती विवाह गर्न चाहेको पाइन्छ ।

विवाहको मतल सहमति हो । जब दुई व्यक्ति जीवनभर एकसाथ हिँड्ने फैसला गर्छन्, तब उनीहरुबीच आपसी सहमति कायम हुनेगर्छ । विवाहले स्वार्थ टाढा राख्छ । विवाह भनेको दुई आत्माको मेलमात्र नभएर दुई परिवारको पनि मेल हो । त्यसैले विवाहपश्चात् पति र पत्नीले गर्ने प्रत्येक निर्णयमा परिवारको पनि उत्तिकै महत्व हुन्छ । त्यस्ता निर्णयमा परिवारको हितलाई सबभन्दा माथि राखिने गरिन्छ ।

विवाहको मतलब हो–एक हुनु । जब कुनै जोडी विवाह बन्धनमा बाँधिन्छन्, तब उनीहरु बीच शारीरिक सम्बन्ध कायम हुनु जरुरी छ । यसले सम्बन्धमा सुधार ल्याउनुका साथै सम्बन्धलाई प्रगाढ बनाउन मद्धत गर्छ । उनीहरुबीच भावनात्मक र मानसिक सम्बन्ध कायम गर्न मद्धत गर्छ ।

विवाहले नयाँ जीवन दिन्छ । विवाहपश्चात् दम्पत्तीको जीवनमा शिशुको आगमन हुन्छ । एक नवदम्पत्तीको जीवनमा यो भन्दा खुशीको क्षण अरु के नै होला र ?

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।