Wednesday, October 4, 2023

‘कतै एउटा, कतै अर्को’ प्रमुख ३ दल वडा अध्यक्षमा शून्य

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

हेटौंडा–स्थानीय तह निर्वाचनमा मकवानपुरका १० स्थानीय तहमा प्रतिस्पर्धामा रहेका प्रमुख ३ दल विभिन्न स्थानीय तहका वडा अध्यक्षमा शून्य भएका छन् ।

मकवानपुरको इन्द्रसरोवरमा नेकपा माओवादी केन्द्रले कुनै पनि वडामा वडा अध्यक्षमा जित हासिल गर्न सकेन । थाहा नगरपालिकाका ५ वटा वडा गणना हुँदा एमाले वडा अध्यक्षमा शून्य छ । वागमती गाउँपालिकामा ३ वटा वडागणना हुँदा वडा अध्यक्षमा कांग्रेस र एमाले शून्य छन् ।

मकवानपुरगढी गाउँपालिकामा ५ वटा वडा मतगणना हुँदा एमाले र माओवादीले कुनै पनि वडा अध्यक्ष जित्न सकेको छैन । मनहरी गाउँपालिकाका ५ वटा वडाको मतगणना हुँदा एमाले र राक्सिराङ गाउँपालिकाका २ वटा वडाको मतगणना हुँदा माओवादीले वडा अध्यक्ष जित्न सकेको छैन । थाहा नगरपालिकाका ५ वटा वडा गणना हुँदा एमालेले वडा अध्यक्ष जितेको छैन ।

इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा देवकृष्ण पुडासैनी (नेकपा एमाले), उपाध्यक्ष उमाकुमारी लामा (नेकपा एमाले), इन्द्रसरोवर–१ मा सुवास थापा (कांग्रेस), २ मा सुमन श्रेष्ठ (कांग्रेस), ५ मा दूधराज तितुङ (कांग्रेस), ३ मा प्रताप भोम्जन (एमाले) र ४ मा चन्द्रकुमार बल (एमाले) विजयी भएका छन् ।

भीमफेदी गाउँपालिका अध्यक्षमा हिदम लामा (नेकपा एमाले), उपाध्यक्ष सञ्जीव श्रेष्ठ (नेपाली कांग्रेस) गठबन्धन, १ मा सोमबहादुर स्यांतान (कांग्रेस), ६ मा सोमबहादुर घलान (कांग्रेस), ७ मा मित्रबन्धु सिञ्जाली (कांग्रेस), २ मा काशीराम बज्यु (एमाले), ४ मा सागर पाण्डे (एमाले), ५ मा जहारसिं लामा (एमाले), ८ मा विष्णुबहादुर लामा (एमाले) र ३ मा प्रीतिलाल लामा (माओवादी) ले जितेका छन् ।

कैलाश गाउँपालिका अध्यक्षमा लोकबहादुर मुक्तान (नेपाली कांग्रेस) गठबन्धन, उपाध्यक्ष बालकुमार मल्ल (नेकपा माओवादी) गठबन्धन, १ मा तेजबहादुर ब्लोन (कांग्रेस), २ मा राजेन्द्र तामाङ घिसिङ (कांग्रेस), ९ मा भुवनसिं घलान (कांग्रेस), ७ मा उदास भोलन (कांग्रेस), ८ मा आशीष प्रजा (कांग्रेस), १० मा सूर्यबहादुर ब्लोन (एमाले), ५ मा छेकु लामा (एमाले), ६ मा रामबहादुर गोङ्वा (एमाले), ३ मा देवलाल बल (माओवादी) र ४ मा तिलकबहादुर मोक्तान (माओवादी) विजयी भए ।

हेटौंडा उपमहानगरपालिका १ मा सबिन न्यौपाने (कांग्रेस), २ मा विष्णुगोपाल महर्जन (कांग्रेस) र १९ मा नरनाथ सुबेदी (एमाले) ले जित्दा थाहा नगरपालिका–६ मा राजेन्द्रभक्त श्रेष्ठ (कांग्रेस), १ मा हेरमान गोपाली (माओवादी), २ मा बमबहादुर सिन्तान (माओवादी), ३ मा हीरेन्द्र रायमाझी (माओवादी) र ४ मा नारायण लामा (माओवादी) ले जित दर्ता गरेका छन् ।

वागमती गाउँपालिका–१ मा यहुन्ना राई (माओवादी), ३ मा कमानसिं पाख्रिन (माओवादी) र २ मा जनक पहरी (माओवादी), बकैया गाउँपालिका–१२ मा ज्ञानेन्द्र बजगाईं (कांग्रेस), १० मा कमला वाइबा (कांग्रेस), ९ मा टंकध्वज लोप्चन (कांग्रेस), ११ गोपाल नेसुर (कांग्रेस), ६ मा फूलबहादुर भोम्जन (एमाले), १ मा आशीष तितुङ (माओवादी), २ मा विश्वराज स्यांतान (माओवादी) र ८ मा विष्णु नेगी (माओवादी) विजयी भए ।

मकवानपुरगढी गाउँपालिका–१ मा आइतसिं लो (कांग्रेस), २ मा बखानसिं पाख्रिन (कांग्रेस), ६ मा कृष्ण बजगार्इं (कांग्रेस), ७ मा सूर्यबहादुर रुम्बा (कांग्रेस) र ८ मा कुमार घिसिंङ (कांग्रेस) ले जित्दा मनहरी गाउँपालिका–१ मा शिवप्रसाद खनाल (कांग्रेस), ३ मा अनन्त अर्याल (कांग्रेस), २ मा राजकुमार पाख्रिन (माओवादी), ४ मा प्रकाश थापा (माओवादी) र ५ मा दीपेन्द्र अधिकारी (माओवादी) विजयी भएका छन् । राक्सिराङ गाउँपालिका–२ मा बुद्धराम मुक्तान (कांग्रेस) र १ मा बाबीराम मुक्तान (एमाले) ले जितेका छन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...