Wednesday, March 29, 2023

वागमती प्रदेशसभा नीति तथा कार्यक्रम सोमबार

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

निशा गुरुङ

हेटौंडा–वागमती प्रदेशसभाको बैठक जेठ १६ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक १६ गते दिउँसो २ बजे बस्ने गरी स्थगित गरेका हुन् । आगामी जेठ १६ गते बस्ने प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

शुक्रबारदेखि सुरु भएको प्रदेशसभाको दशौं अधिवेशनअन्तर्गत् शनिबार बसेको तेस्रो र चौथो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो ।

बैठकमा दलगत्रुपमा सांसद्हरुले सरकारले ल्याएको विनियोजन विधेयकमाथि आफ्ना धारणा राखेका थिए भने छलफलमा उठेका प्रश्नहरुको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले जवाफ दिएका थिए ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवम् प्रदेशका पूर्वअर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले सरकार परिवर्तन भए पनि सरकारको प्राथमिकताको क्षेत्र परिवर्तन हुन नसकेको बताए । उनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै सरकारले विगतको भन्दा पनि कमजोर योजनाहरु ल्याएको उनले बताए ।

उनले गठबन्धन सरकारले निर्वाचनमा गठबन्धनले नजिते वडामा बजेट नदिने भन्ने अभिव्यक्तिले निर्वाचन प्रभावित भएको दाबी गरे । उनले प्रदेश सरकारले जनपक्षीय कामका लागि कुनै पनि योजना ल्याउन नसकेको दाबी गरे । उनले स्थानीय निर्वाचनमा गठबन्धन सरकारले निर्वाचन जित्नैको लागि सत्ताको दुरुपयोग गरेकोसमेत बताए । उनले पेट्रोलियम पदार्थको मूल्य बढिरहेको अवस्थामा अघिल्ल्लो प्रदेश सरकारले विद्युतीय सवारीसाधन चलाउन योजना ल्याउँदा वर्तमान सरकारले बेवास्ता गरेको बताए ।

ढुंगेलले प्रदेश सरकारलाई मन्त्रीकै लागि खर्च गर्न बजेट नपुगेको भन्दै जनताका समस्याका लागि कुनै ध्यान नगएको टिप्पणी गरे । ‘प्रदेश सरकारलाई १८ मन्त्री आवश्यक छ,’ प्रश्न गदै उनले भने–यी सबैको भरणपोषण गर्दा बिउ कहाँबाट ल्याउनु, मल कहाँबाट ल्याउनु ? उनले किसानहरु मल नपाएर समस्यामा परेका बेलामा सरकारले त्यसतर्फ ध्यान दिन नसकेको बताए । नेता ढुंगेलले गठबन्धन नेतृत्वको सरकारले काम चलाउनका लागिमात्र बजेट ल्याउन लागिपरेको आरोपसमेत लगाए ।

उनले एमालेलाई हराउनका लागि वर्तमान सरकारले निर्वाचनको समीप्यतामा ऐनविपरीत २ हजार ३ सय योजनाहरु बाँड्ने काम गरेको बताए । नेता ढुंगेलले वर्तमान सरकारले अघिल्लो सरकारले ल्याएको बजेटका सिद्धान्त र प्राथमिकताका विषयहरु ल्याएको बताए । मन्त्री जम्कट्टेलले सरकारले जनतालाई लक्षित गरेर कार्यान्वयन हुने प्रकृतिको नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी आफ्नो सिद्धान्त र प्राथमिकताहरु तयार पारेको बताए । उनले सोहीअनुसार सरकारको बजेटले जनतालाई सम्बोधन गर्ने र कार्यान्वयन हुने प्रकृतिको नीति तथा कार्यक्रम ल्याउन सरकार सक्रिय रहेको बताए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।