Wednesday, October 4, 2023

बिरामी बढे, अस्पतालमा चाप ‘हेटौंडामा जनशक्ति र पूर्वाधार अभाव’

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

हेटौँडा–हेटौंडा अस्पतालको कथा निकै छ । बिरामीले उपचारमा भोगेका पीडा र अस्पतालका आफ्नै पीडा भनिसाध्य छैन । यही पीडा पोख्दै वागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा विगत केही दिनदेखि बिरामीले उपचार गर्न, प्रयोगशाला परीक्षण प्राप्त गर्न, औषधि लिँदा देखिएका समस्याका विषयमा कांग्रेस हेटौंडा नगर कार्यसमितिले ध्यानाकर्षण जनाउदै ७ बुँदे ध्यानाकर्षणपत्र बुझाइसकेको छ ।

बिहीबार हेटौंडा नगर सभापति उत्सव इटेनी नेतृत्व टोलीले हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई बिरामीले पाएका सास्तीबारे ध्यानाकर्षण गराउँदै तत्काल अस्पतालका समाधान गर्नसक्ने प्रस्तावसहित ध्यानाकर्षणपत्र बुझाएको थियो ।

नगर सभापति इटेनीले अस्पतालमा मेसु डा. सापकोटालाई वागमती प्रदेशको राजधानी हेटौंडाको एकमात्र सरकारी अस्पतालमा देखिएका समस्या र बिरामीले उपचारका क्रममा भोगेको पीडालाई छिटो भन्दा छिटो समाधान गर्न अनुरोध गरे ।

विगत केही दिनदेखि बिरामीले उपचार गर्न, प्रयोगशाला परीक्षण प्राप्त गर्न, औषधि लिन २ दिन लाग्यो भन्दै सामाजिकसञ्जालमा आएका कुराले चौतर्फी आलोचना भएपछि कांग्रेस हेटौंडा नगरले अस्पताल पुगेर यस विषयमा चासो लिँदै समस्या समाधान गर्न अनुरोध गरेको हो ।

हेटौंडा अस्पतालमा पछिल्लो समय सेवाग्राहीको संख्यामा बढोत्तरीसँंगै अस्पतालले प्रवाह गर्ने सेवामा ढिलाइ भएको देखिएको छ । हेटौँडा अस्पतालमा विशेषज्ञ जनशक्ति, उपकरण र पूर्वाधार अभावमा स्थानीयले उपचारमा समस्या बेहोर्दै आएका छन् । जिल्लाको एकमात्र सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीको चापको अनुपातमा जनशक्ति, उपकरण र पूर्वाधार व्यवस्थापनमा सरकारले चासो नदेखाउँदा उपचारमा स्थानीयले वर्षौंदेखि सास्ती खेप्दै आएका हुन् ।

अस्पतालको स्वीकृत बेड ५० मात्र छ । अस्पताल विकास समितिमार्फत् ६० गरी १ सय १० बेडको क्षमतामा अस्पताल सञ्चालन हुँदै आए पनि अस्पतालमा सेवा लिन आउने बिरामीको चापको अनुपातमा दक्ष जनशक्ति अभावमा अपेक्षित सेवा पाउन नसकेको सेवाग्राहीको गुनासो छ । अस्पतालमा स्थायी चिकित्सक दरबन्दी ११ जना रहेकोमा हाल ३ जना अध्ययन बिदामा र १ जना चितवनस्थित अस्पतालमा रहेकाले ७ जना र अस्पताल विकास समितिमार्फत् करारमा रहेका १२ जना गरी १९ जनाले सेवा दिँदै आएका छन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सापकोटा अस्पतालमा दैनिक सेवा लिन आउने बिरामीको अनुपातमा जनशक्ति र पूर्वाधार अभावले उपचारमा समस्या भएको बताउँछन् । ‘पूर्वाधार र उपकरणको व्यवस्था भए जनशक्तिले थप बिरामीलाई सेवा दिन सकिन्छ,’ उनले भने–बिरामीको चाप हुँदा जुनसुकै स्वास्थ्य संस्थामा लाइनमा बस्नुपर्ने र केही समय कुर्नुपर्ने अवस्था आउनु सामान्य हो । सेवाग्राहीले गुणस्तरीय सेवा पाउने विषय महत्वपूर्ण हुनुपर्छ ।

गुणस्तरीय सेवाका लागि अस्पताल प्रतिवद्ध छ । यहाँ उपलब्ध साधनस्रोत, जनशक्ति र पूर्वाधारका आधारमा चितवनलगायत जिल्लाका सरकारी अस्पतालसरह सेवा र सुबिधा प्रदान गर्दै आएको दाबी गर्दै उनले हाल निर्माणको अन्तिम चरणमा पुगेको अस्पताल भवन हस्तान्तरणपछि उपचारमा थप सहजतासँगै गुणस्तरीय सेवाप्रदान गर्न सहज हुने बताउनुभयो ।

अस्पतालमा हरेक वर्ष बिरामीको चाप बढ्दै गए पनि अस्पतालको स्तरोन्नतिका लागि प्रदेश र स्थानीय सरकारले चासो नदेखाउँदा समयमा उपचार नपाइने भएपछि चितवन वा काठमाडौं उपचारका लागि जानुपर्ने स्थानीयका लागि बाध्यता बन्दै आएको छ । गत वर्ष जेठमा सर्जरी, कोभिडलगायता ६ हजार ७ सय ७ जना बिरामीले सेवा लिएका थिए । तर, यस वर्ष जेठ १ गतेदेखि २७ गतेसम्म अस्पतालबाट दाँत, इमर्जेन्सी, नाक, कान, घाँटीलगायत सेवा लिनेको संख्या झन्डै दोब्बरले बढेको छ । यस वर्ष जेठ १ गतेदेखि २७ गतेसम्म विभिन्न सेवा लिनेको संख्या १२ हजार ८५ पुगेको अस्पतालले जनाएको छ ।

अस्पतालले सघन उपचार कक्ष (आईसीयु), मिर्गौला रोगीका लागि डायलाइसिससँगै विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । दैनिक १२ जनाले डायलाइसिस सेवा लिँदै आएका छन् । अस्पतालमा १७ बेडको आईसीयु र डायलाइसिस मेसिन ८ वटा रहेकामा थप ८ वटा डायलाइसिस मेसिन ल्याउने तयारी भइरहेको डा. सापकोटाले बताए । उनले नयाँ भवनमा नवजात शिशु उपचारका लागि १० बेडको एनआईसीयु र १४ वर्षसम्मका बालबालिकाको उपचार गर्ने गरी १० बेडकै पीआईसीयु व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिए ।

आवश्यकताभन्दा पनि कतिपय जाँच गरिहालुँ न त भन्दै कतिपय मानिस अस्पतालमा आउने गरेकाले चाप बढेको भन्दै अस्पतालको बेड संख्या वृद्धि भएसँगै हालको ५० प्रतिशत् समस्या समाधान हुने उनले बताए । ७० बेडको नयाँ भवन निर्माण कम्पनीले सम्झौताअनुसार तोकिएको समयमा निर्माण पूरा गरी हस्तान्तरणमा ढिलाइ गर्दा सेवाप्रवाह प्रभावित भएको छ ।

अस्पतालमा बिरामीको चाप र प्रदेश राजधानीसमेत भएकोले स्तरोन्नतिका लागि प्रदेश सरकार सकारात्मक रहेको बताउँदै प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट सापकोटाले भने–यथास्थितिमा अस्पताल सञ्चालन गर्दा अस्पतालले दिँदै आएको सेवा हाल शुल्कमा प्रदान गर्न नसकिने भएकाले शुल्कमा पुनरावलोकन गर्नुपर्ने हुन्छ । तर, स्तरोन्नति गर्दा उक्त समस्या समाधान हुनसक्छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...