Friday, March 31, 2023

विद्यार्थीको वृत्तिविकासमा एस्ट्रोनोभाको सहयोग

ताजा / भरखरै प्राप्त

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

हेटौंडा–एस्ट्रोनोभा फाउन्डेशन नेपालको आयोजनामा एसईई दिएर बसेका विद्यार्थीका लागि ११ दिने प्रेरणामूलक तालिम सुरु भएको छ । बुधबार एक कार्यक्रमबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वागमती प्रदेशका सचिव यमलाल भुसालले तालिमको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा भुसालले तालिम विज्ञान र प्रविधिको क्षेत्रमा इच्छा राख्ने विद्यार्थीका लागि प्रभावकारी हुने बताउँदै प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि युवा वैज्ञानिकका लागि प्रोत्साहन कार्यक्रम अघि सारेको उल्लेख गरे ।

विद्यार्थीहरुमा वैज्ञानिक सोच, रचनात्मक एवम् सकारात्मक चिन्तन र सृजनशील क्षमताको विकासमा मद्धत पुयाउने उद्धेश्यसाथ तालिम आयोजना गरिएको भन्दै यसले विद्यार्थीको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने उनले बताए ।

कार्यक्रममा फाउण्डेशन अध्यक्ष किशन बाँस्तोलाले विद्यार्थीहरुको वृत्तिविकासमा सहयोग पु¥याउने संस्थाको उद्धेश्य रहेको प्रष्ट पारे । ‘आजका विद्यार्थी भोलिका समाधान हुन् । उनीहरुलाई समस्या समाधान गर्ने, पढाइलाई व्यवहारिक सिकाइमा रुपान्तरण गर्दै उनीहरुको सामाजिक, आर्थिक अवस्थालाई माथि उकास्ने हाम्रो लक्ष्य हो । सिकाइको विषयमा शिशु अवस्थादेखि जुनसुकै उमेर समूहका व्यक्तिमात्र नभइ सिंगो समाज रुपान्तरणका लागि काम गर्ने हाम्रो योजना हो,’ उनले भने ।

तालिम अवधिभर विद्यार्थीहरुमा सचेतनामूलक÷प्रेरणामूलक र सिपमूलक कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरुलाई अभिमुखीकरण गरिने उनले बताए । फाउण्डेशनले आगामी दिनमा विद्यार्थीमा सकारात्मक चिन्तन बढाउन, सिकाइमा रुचि बढाइ रचनात्मक बनाउन मद्धत पुग्ने उनले बताए । विद्यार्थीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्सबारे जानकारी गराउने र टेलिस्कोप प्रयोग गरी विभिन्न विषय अध्ययन गराइने उनले बताए ।

फाउण्डेशनले फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी, एस्टोबेटेक प्रालि र नारायणी कलेजको सहयोगमा तालिम आयोजना गरेको हो । तालिममा बारा, पर्सा, रौतहट, मकवानपुर, जनकपुरलगायतका विभिन्न विद्यालयका गणित, विज्ञान र प्रविधिमा रुचि भएका २५ विद्यार्थी छनौट गरी सहभागी गराइएको छ । तालिमलाई विभिन्न विषयका विशेषज्ञले सहजीकरण गर्नेछन् ।

उद्घाटन समारोहमा नारायणी कलेजका फाउन्डर दीपक काफ्ले, खेलकुद विकास समिति मकवानपुरका पूर्वअध्यक्ष बालकृष्ण चौलागाईं, क्यान मकवानपुर अध्यक्ष पुष्पराज पुडासैनी, एस्ट्रोबोटक नेपाल अध्यक्ष उपेन्द्र ढुंगाना, फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी कम्पनी अध्यक्ष धीरेन्द्रचन्द सोडारी, नेपाल पत्रकार महासंघ मकवानपुर कार्यसमिति सदस्य बलराम पुडासैनीलगायतको आतिथ्यता थियो । कार्यक्रमलाई राम पण्डितले सहजीकरण गरेका थिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।