Friday, March 31, 2023

मनहरी गाउँपालिकाभित्रका ४३ मध्ये १८ सहकारी मात्रै सक्रिय

ताजा / भरखरै प्राप्त

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

मनहरी–भदौ २ गते । मनहरी गाउँपालिकाभित्र दर्ता भएको ४३ वटा सहकारीमध्ये १८ वटा मात्रै सक्रिय रहेको पाइएको छ । कूल दर्ता कायम भएकामध्ये ५ वटा सहकारी खारेज भएपछि अहिले सहकारीको संख्या ४३ मात्रै छ । तीमध्ये १८ वटा नियमित रहेको गाउँपालिकाले जनाएको छ ।

सहकारीको दर्ता तथा नियमनका अधिकार स्थानीय तहलाई आएसँगै डिभिजन सहकारी कार्यालय मकवानपुरबाट हस्तान्तरण भई आएका अधिकाँश सहकारीहरु निष्क्रिय रहेको पाइएको हो । गाउँपालिकाका सामाजिक विकास अधिकृत शैलेस बास्कोटाका अनुसार अहिले १८ वटा मात्रै सहकारी सक्रिय देखिएका छन् ।

सहकारी विभागले कोपोमिस सफ्टवेयर निर्माण गरी देशभरका सहकारीको नियमित कारोबार र अन्य प्रशासनिक गतिविधिहरु अध्यावधिक राख्ने गरेको छ ।

तर, गाउँपालिकाभित्रका १८ वटा सहकारीले मात्रै नियमित गतिविधिहरु अपलोड गर्नेगरेको उहाँले बताउनुभयो । कतिपय सहकारीहरु त अहिलेसम्म समुदायमै फेला नपरेको समेत उहाँले बताउनुभयो ।

गाउँपालिकाका अनुसार मनहरी गाउँपालिकाको हाँडीखोला र मनहरीतर्फ गरी २० वटा कृषि सहकारीहरु छन् । त्यसैगरी बचत तथा ऋण कारोबार गर्ने सहकारीको संख्या १३ रहेको छ । अन्य केही सहकारीहरु बहुद्देश्यीय र केही दुग्ध सहकारी र उपभोक्ता सहकारीहरु रहेका छन् ।

खारेज गरिएका सहकारीहरुमा दोभान मध्यवर्ती वचत तथा ऋण सहकारी मनहरी २, दिलज्योति बचत तथा ऋण सहकारी संस्था मनहरी ९, जनकल्याण दुग्ध उत्पादक सहकारी संस्था मनहरी ५, उन्नत अदुवा उत्पादन सहकारी संस्था मनहरी १ र सुनाचुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था मनहरी ६ रहेका छन् ।

निष्क्रिय रहेका केही सहकारी संस्थाहरु अझै खारेजी प्रक्रियामा लैजानुपर्ने, केहीलाई पुन सक्रिय बनाएर मर्ज गर्नुपर्ने अबस्था रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले छिट्टै सहकारी सञ्जाल गठन गरी यसबारे निर्णय गर्ने तयारी गरेको बताइएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।