Friday, March 31, 2023

भूकम्पका इन्जिनियर यादवः जसले जागीर छाडेको एक बर्षपछि पनि लाभग्राहीसँग रकम असुले

ताजा / भरखरै प्राप्त

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

मनहरी–साउन २२ गते । पुन निर्माण प्राधिकरणले भूकम्प पीडितहरुका लागि निर्माण गरिदिने घरको प्राविधिक र प्रशासनिक समेत सहजीकरण गर्नका लागि खटाइएका इन्जिनियरहरुले लाभग्राहीलाई ब्रह्मलुट गरेका दर्जनौ उदाहरणहरु सार्बजनिक भएका छन् ।

त्यस्तै मध्येको अर्काे उदाहरण हो मनहरी गाउँपालिका वडा नं ६ मा खटिएका इन्जिनियर रविन्द्र यादव । ११ महिनाअघि जागीरको करार अबधि सकाएर घर फर्केका यादवले जागीर छाडेको १ बर्ष बित्नै लाग्दा समेत लाभग्राहीसँग रकम असुल गरिरहेको पाइएको छ ।

मनहरी गाउँपालिका ६ नं वडाका अधिकाँश लाभग्राहीहरुसँग यादवले प्रति लाभग्राही १ लाख ५० हजार रुपियाँसम्म लिएको पाइएको वडाध्यक्ष युवराज थपलियाले बताउनुभयो । ‘यादवले रकम नपाए भुक्तानीको कागज अघि बढाउँदिन भन्दै लाभग्राहीलाई रकम दिन बाध्य तुल्याउने रहेछ’, वडाध्यक्ष थपलियाले भने–‘सोझा साझा लाभग्राहीले भुक्तानी नै रोकिने भएपछि रकम दिँदा रहेछन् ।’

इन्जिनियर यादवले रकम असुल गरेको बिषय बाहिर आएपछि लाभग्राही हर्षबहादुर राई र कालेबहादुर राईले इलाका प्रहरी कार्यालय मनहरीमा ठगी मुद्दा दर्ता गराउनु भएको छ । उहाँहरुसँग यादवले रकम लिएको दाबीका साथ जाहेरी दरखास्त परेको हो ।

ठगी सम्बन्धी मुद्दाका फरार अभियुक्तका रुपमा इन्जिनियर यादव बेपत्ता छन् । उनको ९८१९९४३१९६ नंको मोबाइलमा निरन्तर घण्टी जान्छ, तर रिसिभ हुँदैन ।

स्रोतका अनुसार साउनको पहिलो साता लाभग्राहीसँग रकम बार्गेनिङ गरी लिनका उनी मनहरी आसपासमै आएका थिए । कतिपय लाभग्राहीले नगद र कतिपय लाभग्राहीले बैँक खातामा रकम हालिदिएको बताइएको छ ।

ठगको भण्डाफोर गरौँ, मैले प्रहरीलाई सहयोग गरेको छुः लक्ष्मी राई

सामाजिक काममा लागिरहनु भएकी महिला नेतृ एबम् महिला उत्थान तथा सीप विकास केन्द्रकी अध्यक्ष समेत रहनु भएकी मनहरी ६ प्रतापपुरकी लक्ष्मी राईले इन्जिनियर यादवले सोझा साझा लाभग्राहीहरुलाई ठगेको बिषयमा सबैले आवाज उठाउनुपर्ने बताउनु भएको छ ।

उहाँले आफूलाई केही मान्छेहरुले यादवको सहयोगीको रुपमा प्रस्तुत गर्न खोजेको भन्दै आपत्ति जनाउनु भएको छ । पुन निर्माणको रकमबारे बुझ्न बैँक गएको बेला फुपूको आग्रहमा आफूले रविन्द्र यादवको खातामा ९० हजार रुपियाँ संकलन गरिदिएको लक्ष्मीले बताउनुभयो ।

‘म बैँकमै थिएँ, फुपूले ९० हजार रुपियाँ यो खातामा हालिदेऊ, मैले जानिनँ भन्नुभयो’, लक्ष्मीले भन्नुभयो–‘कसको पैसा ? कहाँ र किन पठाइएको हो मलाई थाहा भएन ।’ पछि वडाध्यक्ष थपलियासहित बसेर छलफल गर्दा अन्य धेरै मान्छेको रकम यादवले ठगी गरेको पाइएपछि उसलाई पक्रनुपर्छ भन्नेमा आफूहरु एकमत भएर लागेको लक्ष्मीले बताउनुभयो ।

लक्ष्मीले आफूले संकलन गरिदिएको रकमको भौँचरको प्रतिलिपि समेत इलाका प्रहरी कार्यालयको मुद्दा शाखामा बुझाइदिएको बताउनुभयो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।