Wednesday, March 29, 2023

बागमती नगरमा फेरियो सामुदायिक बिध्यालयको मुहार, दुई गुणाले बढे बिध्यार्थी

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

बागमती-नगरको शैक्षिक संस्थामा आएको आमुल परिवर्तका कारण बिध्यार्थीको चाप ह्वातै बढेको छ ।

नगरको समग्र विकास तब मात्र सम्भव छ, जव नगरको शिक्षा प्रणाली सुदृढ हुन्छ । भन्ने, सोचका साथ अगि बढेका नगरका जनप्रतिनिधिको योजनाकै कारण नगरका सामुदायिक बिध्यालयमा बिध्यार्थीहरुको चाप बढेको छ । नगरको समग्र तथ्यांकमा हरेक बर्ष बिध्यार्थीको संख्या बृद्धि भईरहेको उल्लेख छ । भने, शैक्षिक गुणस्तरमा ठुलो परिवर्तन आएको छ ।

यस नगरपालिकामा नगर प्रमुख भरत कुमार थापा पहिलो पटक २०७४ सालमा मेयरमा निर्वाचित हुनु भयो । लगतै उहाँको पहिलो ध्यान नगरको शैक्षिक स्थिती उकास्ने तर्फ केन्द्रित भयो । मेयर थापाको पहलमा नगरका हरेक सामुदायिक बिध्यालयको निरिक्षण भएको थियो । विभिन्न बेथितिले थिलथिलो बनाएका हरेक बिध्यालय कुनै न कुनै रुपमा लाथालिङग थिए ।

उक्त समयको तथ्यांक हेर्ने हो, भने नगरका केही सामुदायिक बिध्यालय त शिक्षक बराबर बिध्यार्थी च्यापेर बसेका समेत फेला परे । जसको ब्यवस्थापनमा मेयर थापाले पहिलो क्रान्तीनै छेड्नु प¥यो भन्दा अतिउक्त नहोला । सम्पुर्ण बिध्यालको अवस्था प्रत्यक्ष अवलोकन पछि सुरु भएको नगरको शिक्षा सुधार अभियान अहिले पनि उही गतिमा चलिरहेको छ ।

नगरको सामुदायिक बिध्यालयको अनुगमनका क्रममा बिद्यार्थीहरु सगँ उनीहरुको समस्या बुझदै मेयर थापा ।

तथ्यांक अनुसार नगर भित्र रहेका २५ सामुदायिक बिध्यालयमा दुई गुणाले बिध्यार्थीको संख्यामा बृद्धि भएको छ । भने, हरेक बिध्यालयको ब्यवस्थापन नमुना बनाईएको स्थानीय अभिभावकहरुको भनाई छ । नगरको सामुदायिक बिध्यालयको अवस्था सुधार भए पछि आफुहरुले बालबालिका फेरी सामुदायिक बिध्यालयमा फर्काएको अभिभावकहरुको भनाई छ ।

निजि बिध्यालयमा बिध्यार्थी भर्ना गर्दा सबै भन्दा धेरै आर्थिक भारहुने गरेको स्थानीय अभिभावक रामलाल स्याङ्बोले बताए । उन्का ३ नाति नातिनालाई एक छोराले बिदेशमा रगत पसिना गरेर कमाएको रकम खर्चे पढाउनु ठुलै चुनौती बनेको थियो । आफै पनि प्राथमिक तह पढेका उनी नगरपालिका र जनप्रतिनिधिको नियमित निगरानीका कारण बिध्यालय ब्यवस्थित बनेको सुनाउछन् ।

नगरको एक सामुदायिक बिध्यालयमा तयार गरिएको मन्टेश्वरी कक्षाको अनुगमन गर्नुहुदै नगर प्रमुख थापा सहितका अन्य अतिथिहरु ।

बागमतीले पहिलो नगर प्रमुख पाउँदा नगरका २५ सामुदायिक बिध्यालयमा जम्माजम्मि ३५ सय बिध्यार्थी रहेकोमा हाल सम्म आईपुग्गा ८ हजारको हाराहारीमा बिध्यार्थी भर्ना भएका छन् । यसबाट समेत नगरको सामुदायिक बिध्यालयमा बिध्यार्थीको आकर्षण रहेको पुष्टि गरेको नगरले जनाएको छ । तर्साउने घर जस्ता रहेको बिध्यालय अहिले चिटिक्क परेर बालबालिकालाई स्वागत गरिरहेका छन् ।

नगरले दक्ष र ब्यवसायिक जनशक्ति उत्पादनको लागि भन्दै सुरु गरेको अभियान अन्तरगत नगरका मेयर थापाको नेतृत्वमा एकै पटक तिन वटा प्राविधिक शिक्षालय संचालन गरेको छ । उक्त शिक्षालयबाट बर्षेनी सयौँको संख्यामा सिभिल ईन्जिनियर, पशु बिज्ञान र कृषि बिज्ञानका बिध्यार्थी उत्पादन भईरहेका छन् । बागमती नगरपालिका–११, कर्मैयामा रहेको सिभिल ईन्जिनियरिङ तर्फ बर्षेनी प्रदेशकै उत्कृष्ट नतिजा निकाल्न सफल भएको महेन्द्र जनता प्राविधिक शिक्षालयले जनाएको छ ।

बागमती नगरपालिकाले शिक्षा क्षेत्रमा प्राप्त गरेको सफलता लोभलाग्दो बन्दै गएको शिक्षा क्षेत्रका जानकारहरुको भनाई छ । नगरका अधिकांस बिध्यालयले अंग्रेजी र नेपाली दुवै माध्यमबाट अध्यन गराईरहेका छन् । भने, बिध्यालय शिक्षा सम्पन्न गरेका बलबालिकाहरलाई बिध्यालय तह पार हुदा दर्जन बडि ज्ञान सहित पठाउने गरी पढ्दै कमाउदै कार्यक्रम समेत लागु गरिएको बिध्यालयले जनाएको छ ।

यसकालागि बिध्यालयका भौतिक संरचना र जनशक्ति तयार गर्ने काम भईरहेको नगर शिक्षा शाखाका प्रमुख मिन प्रसाद उपाध्याले जानकारी दिए । जनप्रतिनिधि आउनु पुर्व खाली जस्तै रहने बिध्यालयमा हाल नाम लेखाउन तछाडमछाडको अवस्था सृजना भईसकेको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।