Monday, March 20, 2023

वडाध्यक्ष माथि हातपात गर्ने सहनीलाई छाडेको भन्दै बिरोध प्रदर्शन

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

रौतहट-रौतहटको चन्द्रपुरमा वडाध्यक्ष लगाएत स्थानीय माथि हातपात गर्ने एक यूवकलाई प्रहरीले त्यसै छाडेपछि स्थानीय आन्दोलित भएका छन् ।

सोमवार चन्द्रपुर नगरपालिका वडा नम्बर–१, स्थित दुर्गा मन्दिर परिसरमा वडाध्यक्ष सहित स्थानीयको छलफल भएको थियो । यस बर्षको दुर्गा पुँजाका लागि समिति गठनगर्न भएको छलफलमा स्थानीय अर्चन सहनीले एक्कासी वडाध्यक्ष लगाएतलाई तथानाम गालीगलौज गर्दै हातपात गरेको स्थानीयको भनाई छ ।

लगतै स्थानीयले सहनीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । तर, ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले कुनै कार्वाहीनै नगरी मंगलवार नै सहनीलाई छोडेपछि स्थानीय प्रहरी प्रशासन विरुद्द आक्रोसित भएका हुन् । पटक–पटक अपराधिक घटना सम्लग्न हुदै आएका सहनीलाई प्रहरीले बद्नियत पुर्ण ढंगले छाडेको स्थानीयको आरोप छ ।

सोही घटनालाई लिएर चन्द्र्पुर नगरपालिका–१, नम्बर वडाका स्थानीयले साझ पुर्व पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन् । स्थानीयको बिरोधले राजमार्गनै अबरुद्द भएको छ । भने, यात्रु तथा यातायातका साधन अलपत्र परेका छन् । घटनाको छानविननै नगरी गलत प्रभावमा परेर अभियुक्तलाई प्रहरीले छोडेकोले बिरोधमा उत्रनु परेको एक स्थानीयले पहिलो खोजलाई बताए ।

यस घटनाको बिषयमा ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका डिएसपी सन्तु जयस्वार सगँ बुझन खोज्दा टेलिफोन सम्पर्क हुन सकेन । तर, ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुर श्रोतले घटनाको छानविन भईरहेको दावी गरेकोछ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।