Wednesday, March 29, 2023

अतिक्रमित स्थान खालीगर्न चन्द्रपुर एकनम्बर वडाको चेतावनी

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका स्थित एक वडाले अतिक्रमित स्थान खाली गर्न सूचना जारी गरेको छ ।

बुधवार एक सूचना जारी गर्दै चनद्रपुर नगरपालिका–१, नम्बर वडा भित्र सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरेका संरचना हटाउन सूचित गरेको हो । वडाध्यक्ष बलराम राउतले जारी गरेको सूचनामा १५ दिन भित्र अतिक्रमण गरेर तयार गरिएको संरचना हटाउन आग्रह गरिएको छ ।

सूचनामा भनिएको छ, ‘चन्द्रपुर नगरपालिका–१, नम्बर सरकारी, मठ, मन्दिर, गुम्वा, सडक, पाटि, पौवा, चौतारा, ग्रिनलाई सामुदायिक वन लगाएतको जग्गा अतिक्रमण गरी बनाईएका घर तथा अन्य संरचनाहरु १५ दिन भित्र हटाई दिएर वडा कार्यलयलाई सहयोग गरिदिनु अनुरोध गर्दछौँ ।’

साथै वडाकार्यलयले यस्ता अतिक्रमण गरी तयार गरिएका संरचना भुमि आयोगले संकलन गरिरहेको नक्सांकनमा समेत दर्ता नहुने स्पष्ट पारेको छ । यस वडा कार्यलय क्षेत्रमा सार्वजनिक तथा सरकारी जमिन अत्यधिक मात्रमा अतिक्रमणको चपेटामा परेको कारण वडा कार्यलयले खाली गर्ने अभियान सुरु गर्न लागेको जनाएको छ ।

सूचनालाई अटेर नगर्न अन्यथा त्यसबाट पुुग्ने क्षतीको जिम्मा स्वम संरचना धनिले ब्यहोर्नु पर्ने वडा कार्यलयले चेतावनी दिएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles