Wednesday, March 29, 2023

सर्लाहीको गोडैताबाट ठुलो परिमाणमा नक्कली नोट बनाउने कागज सहित एक पक्राउ

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

गोडैटा-सर्लाहीको सिमावर्ती क्षेत्र गोडैटा नगरपालिकाबाट नक्कली नोटको बिगविगी रहेको खुलासा भएको छ ।

शुक्रवार नेपाल–भारत सिमावर्ती क्षेत्र बहादुरपुरबाट ठुलो परिमाणमा नक्कली नोट बनाउने नमुना कागज बरामद् भएपछि यस्तो खुलेको हो । जिल्लाको गोडैता नगरपालिका–३, सिमरा भगवतीपुर बजारमा खटिएको सशस्त्र प्रहरीको टोलीले ठुलो परिमाणमा नक्कली नोट तयार गर्ने कागजको बण्डल बरामद भएको जनाएको हो ।

बिओपी बहादुरपुरबाट सशस्त्र प्रहरी नायव निरिक्षक विद्याभुषण झाको नेतृत्वमा खटिएको टोलीले नक्कली नोट बनाउने कागज सहित नुवाकोटको साविक गाविस ककनी–५, ठेगाना भएका ३२ बर्षका हिरामान लामालाई पक्राउ गरेको छ । स्कारपियोमा सिमाभगवतीपुर बजार तर्फ जादै गरेका लामालाई रोकेर गाडीको डिक्कि चेक गर्ने क्रममा उक्त परिमाणमा नक्कली नोट बनाउने कागज बरामद भएको हो ।

स्कारपियो भने प्रहरीको आखाँ छलेर फरार भएको प्रहरीले जनाएको छ । फरार स्कारपियो र चालकको समेत खोजी भईरहेको सशस्त्र प्रहरी १० नम्बर गणका गणपती एसपी भरत खनियाले जानकारी दिए । प्रहरीका अनुसार काटुनमा प्याक गरेको अवस्थामा सय दरका नक्कलीनोट बनाउने कागज ६९ गढ्ढि र नगद ४० हजार बरामद् भएको हो ।

यस्तै पक्राउ परेका लामाको साथबाट प्रहरीले १७ हजार नगद, माच्छापुच्छ्रे बैँकको ३० लाख ६० हजारको चेक एक थान, अर्को एक थान चेक, एक थान पासपोर्ट, बिलबुक, एक थान मोवायल, दुई थान एटिएम कार्ड र नागरिकता समेत बरामद् भएको प्रहरीले जनाएको छ । पक्राउ परेका लामालाई बरामद् सामाग्री सहित ईलाका प्रहरी कार्यलय गडहिया ढुमरिया बुझाईएको सशस्त्र प्रहरी १० नम्बर कविलासीले जनाएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।