Monday, March 20, 2023

मध्यरातमा हरिवनबाट १२ जना जुवाडे पक्राउ

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

हरिवन-सर्लाहीको हरिवनबाट प्रहरीले मध्यरातमा १२ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।

आईतवार राती हरिवन नगरपालिका–१, स्थित छाप्रोबाट जुवा खेलीरहेको अवस्थामा सर्लाही, महोत्तरी, धनुषा र पर्साका गरी १२ जना जुवाडे पक्राउ गरेको हो । शुराकिको आधारमा मध्यराती ईलाका प्रहरी कार्यलय हरिवनका प्रहरी निरिक्षक मुकेश ताम्राकारको नेतृत्वमा पुगेको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।

पक्राउ पर्नेहरुमा सर्लाहीको हरिवन–१, का ३५ बर्षका तेज बहादुर गोले, ५३ बर्षका शंकर श्रेष्ठ, हरिवन नगरपालिका–२, बस्ने ४९ बर्षका टिका प्रसाद घिमिरे, ३० बर्षका भिम लामा, ४० बर्षका हरि पौडेल, ३४ बर्षका मान बहादुर थिङ, सर्लाहीको लालबन्दी–१, का चन्दा खाँ, कौडेना गाउँपालिका–२, का चुन्निलाल चौधरीलाई पक्राउ गरेको हो ।

यस्तो जुवा खालबाट प्रहरीले महोत्तरीको बर्दिवास नगरपालिका–८, निवासी, २९ बर्षका हिरा बहादुर श्रेष्ठ, औरही नगरपालिका–२, निवासी हरिनारायण महतो, पर्साको प्रसौनीभाठा नगरपालिका–२, बस्ने ५४ बर्षका पानालाल प्रसाद साह, धनुषाको मिथिला बिहारी नगरपालिका–७, बस्ने ५९ बर्षका ईश्वरी साहलाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।

उनीहरुले जुवा खेलेको खालबाट प्रहरीले नगद २ लाख ७१ हजार ६ सय रुपैया नेपाली, २ सय ५० रुपैया भारु, ४ थान कौडा, ४ पिस तास, २ बट्टा पाउडर, ओछ्याउने कारपेट २ थान, ४ थान काठको तख्ता, हुक्का १ थान, सानो ईन्भरटर एक थान र ८ थान मोवायल समेत बरामद् गरेको जनाएको छ । पक्राउ परेका उनीहरुलाई म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्त एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।