Monday, March 20, 2023

अमरेशलाई रोक्न सर्लाही क्षेत्र नम्बर ४ बाट गगन थापाको नाम सिफारिस

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

सर्लाही-नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ एकल नाम सिफारिस भएको छ ।

नेपाली कांग्रेस सर्लाहीले महामन्त्री थापा सर्लाही ४ बाट चुनाव नलड्ने निश्चित हुँदाहुँदै अमरेश बिरुद्ध नयाँ ‘स्टन्ट’ गरेको हो । डा.अमरेश कुमार सिंह विरोधी जिल्लाका नेतृत्वले टिकट नपाउन भनेर यो ‘स्टन्ट’ गरेको स्थानीय नेता कार्यकर्ताहरुको भनाई छ । जिल्ला सभापति सिंह शेरबहादुर देउवा खेमाका हुन् । भने, अमरेश डा.शशांक कोइराला टिमका हुन् ।

कोइराला टिमकै थापाको एकल नाम सिफारिस गर्दा अमरेशलाई त्यसको प्रतिवाद गर्न कठिन हुने भनेर त्यसो गरिएको अमरेश पक्षको बुझाई छ । जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह ४ नम्बर क्षेत्रमा अमरेश सिंहलाई कुनै हालतमा टिकट नदिन यस पहिला देखीनै कम्मर कसेर लागि परेका छन् । उनी कुनै हालतमा अमरेश सिंहले टिकट दिन नहुने पक्षमा छन् ।

जिल्ला अध्यक्ष सुरेन्द्र सिंंह आफै गगन थापा चुनाव लड्न सर्लाही क्षेत्र नम्बर ४ नआउनेमा स्पष्ट छन् । नाम सिफरिस गर्नु पुर्व महामन्त्री थापासँग कुनै किसिमको सहमति समेत नभएको बुझिएको छ । सल्लाह नै नगरी ठूलो नेताको नाम सिफारिस गरेर सुरेन्द्रले ठुलै चर्चा बटुल्ने काम गरेको स्थानीय कार्यकर्ताहरुकोे आरोप छ ।

करिब दुई साता अगाडि आफ्नो निर्वाचन क्षेत्र आईपुगेका उनी पछिल्लो समय निकै सकृय देखिएका छन् । उन्को सक्रियताले जिल्ला नेतृत्व समेत निकै शसकित बनेको थियो । क्षेत्रमा आफ्नो सकृयता बढाएका अमरेशको पक्षमा मतदाता र कार्यकर्ता खुलेपछि जिल्ला नेतृत्व उनलाई टिकटमै रोक्न सक्रिय भएको हो ।

संघीय सांसदमा लगातार निर्वाचित अमरेशलाई यसपटक टिकटमै यसरी रोक्नुको कारण जिल्ला नेतृत्वले स्पष्ट पार्न नसकेको स्थानीय नेताहरुको भनाई छ । जनताले नै अमरेशलाई छाडेर महामन्त्री गगन थापा यस क्षेत्रबाट चुनावमा आउनु पर्ने मागँ गरेपछि नाम सिफरिस गरिएको जिल्ला नेतृत्वले तर्क गर्दै आएको छ ।

कांग्रेस नेताहरुका अनुसार सर्लाही क्षेत्र नम्बर ४ को दुुवै क्षेत्रीय समितिले महामन्त्री थापालाई संघीय सांसदको उम्मेदवार सिफारिस गरेको थियो । सोही नामलाई सोमबार ४ नम्बर क्षेत्रीय कार्य समितिले सर्वसम्मत गरी प्रदेश पठाएको हो ।

यस्तै सर्लाही क्षेत्र नम्बर ४ (क) प्रदेशको प्रत्यक्षतर्फ वीरेन्द्रकुमार सिंहको एकल नाम सर्वसम्मत सिफारिस भएको छ । सोही क्षेत्रको समानुपातिकमा युवा नेता रघु कार्कीको नाम पनि सिफारिस भएको सिंहले जानकारी दिए । (ख) मा प्रत्यक्षतर्फ अशोककुमार सिंहलगायत चार÷पाँच जनाको नाम सिफारिस गरेको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।