Friday, March 31, 2023

बागमतीमा करेन्ट् लागेर एक युवकको मृत्यु, आफन्त द्वारा राजमार्गमा टायर बालेर प्रदर्शन

ताजा / भरखरै प्राप्त

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

हरिओम क्रसर संचालकको लापर्वाहीको कारण आफ्नो मान्छेको ज्यान गएको भन्दै आफन्त द्वारा १ घण्टा पुर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन

बागमती– क्रसर संचालकको लापर्वाहीले युवकको ज्यान गएको भन्दै सर्लाहीको बागमती स्थित पुर्व पश्चिम राजमार्गमा प्रदर्शन भएको छ ।

मंगलवार राती बागमती–१२, मा करेन्ट लागेर ज्यान गुमाएका प्रकाश वाईवाको आफन्त र स्थानीयले बुधवार दिउसो १ घण्टा राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण सवारी अवरुद्ध भएका थिए । भने, यात्रूहरु केहीबेर अलपत्र परेका थिए । राजमार्गमा सवारीको लामो लाईन लागेको थियो ।

बागमती नगरपालिका–१२, मा संचालित हरिओम क्रसर उद्योगले बिद्युत सप्लाई गरेको तारबाट करेन्ट लागेर आफ्नो मान्छेको ज्यान गएको भन्दै मृतकका परिवार परिवार र स्थानीय आन्दोलित भएका हुन् । उद्योगले घरको नजिकैबाट खुल्ला तारबाट करेन्ट सप्लाई गर्दा दुर्घटना भएको उनीहरुको आरोप छ ।

स्थानीयका अनुसार उद्योगले लाईन जडान गर्ने समयमै केही समयमै नाङ्गो तार हटाउने सर्तमा बिद्युत सप्लाई गरेको थियो । उद्योगले स्थानीय सगँ गरेको सम्झौता समयमै कार्यन्वयन नगरेका कारण दुर्घटना घटेको उनीहरुको आरोप छ । उद्योगका प्रतिनिधिले उक्त तारबाट कुनै दुर्घटना भए त्यसको जिम्मा उद्योगले लिने कागजी सम्झौता भएकोले त्यसको जिम्मा उद्योगीले लिनु पर्ने उनीहरुको माग छ ।

घटनाको १२ घण्टा बितिसक्दा समते पनि उद्योगीले कुनै चासो नदेखाएपछि न्यायको लागि आफुहरु सडकमा आउनु परेको उनीहरुको भनाई थियो । स्थानीय प्रशासन सगँको समन्वयमा क्रसर संचालकले शुक्रवार छलफल गरेर पिडित परिवारलाई राहत उपलब्द गराउने बताए पछि पिडित परिवार र स्थानीय सडक खुलाउन सहमत भएका हुन् ।

घटना यसरी भएको थियो ।

ट्रक चालक समेत रहेका बागमती–१२, निवासी वाईवा मंगलवार ट्रक लिएर घर आईपुगेका थिए । साझ खाना खाएर हिड्ने तयारीमा रहेका उन्लाई ट्रकमा त्रिपाल लगाउने क्रममा करेन्ट लागेको थियो ।

तत्काल उपचारको लागि बागमती स्थित मोडेल अस्पताल पु¥याए पछि चिकित्सकले उन्लाई मृत घोषण गरेको प्रहरीले जनाएको हो । उन्को सव परिक्षणको लागि मंगलवार रातीनै रौतहट स्थित अस्पताल पु¥याएको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।