Tuesday, October 3, 2023

सर्लाही क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका अध्यक्ष दहालको नाम सिफरिस

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

सर्लाही-आगामि मंसिर ४ गतेको लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनलागि उम्मेदवारको नाम सिफारिस गर्ने क्रम चलिरहेको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसले चार वटै क्षेत्र र ८ वटा प्रदेश क्षेत्रको लागि उम्मेदवारको नाम सिफारिस गर्ने काम सम्पन्न गरिसकेको छ । भने, नेकपा माओवादी केन्द्र, संघिय समाजवादी, लोकतान्त्रिक समाजवादी लगाएत केही पार्टी अहिले पनि दैनिक जसो छलफल र बैठकमा बसिरहेका छन् ।

यो सगै जिल्लाबाट केन्द्रीय नेताहरुको नाम सिफारिस गर्ने कार्यले समेत निरन्तरता पाएको छ । यस पहिला नेपाली कांग्रेसका महामन्त्री समेत रहेको गगन कुमार थापाको सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट एकल सिफारिस भएको थियो । भने, नेकपा माओवादी केन्द्रले पनि क्षेत्र नम्बर ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको नाम सिफारिस गरेको हो ।

माओवादीको जिल्ला समन्वय समितिले अध्यक्ष प्रचण्ड सहितका सात जना नेतालाई सर्लाही क्षेत्र नम्बर ३ को प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको पार्टीका जिल्ला इन्चार्ज अच्युतम काफ्लेले जानकारी दिए । प्रचण्डसँगै नेताहरु प्रल्हाद बुढाथोकी, अच्युतम काफ्ले, रामेश्वर राय यादव, भरतकुमार थापा र सरस्वती कुमारी मिश्रको नाम सर्लाही ३ बाट प्रत्यक्ष तर्फ उम्मदेवारमा सिफारिस भएको हो ।

माओवादीबाट उम्मेदवार सिफारिस भएका थापा बागमती नगरपालिकाका निर्वाचित मेयर हुन् । भने, मिश्र माओवादी केन्द्रका नेता स्वर्गीय डाचाराज वाग्लेकी पत्नी हुन् । सर्लाही क्षेत्र नम्बर ३ बाट २०७४ मा माओवादीबाट उम्मेदवार बनेका रामेश्वर राय यादव निर्वाचित भएका थिए । यस वर्ष पनि यादव ४ मध्य ३ वटा क्षेत्रबाट प्रत्यक्ष र दुईवटा क्षेत्रबाट समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् ।

यस्तै सर्लाही क्षेत्र नम्बर १ बाट नेताहरु प्रल्हाद बुढाथोकी, अच्युतम काफ्ले, लुमडी धिताल, हेमबहादुर श्रेष्ठ र घनश्याम देवकोटाको नाम प्रत्यक्ष तर्फको उम्मदेवारमा सिफारिस भएको छ । भने, क्षेत्र नम्बर २ बाट केन्द्रका रामेश्वर राय र उमेश यादवलाई उम्मेदवार सिफारिस गरेको छ ।

क्षेत्र नम्बर ४ बाट रामेश्वर रायसँगै शिवपुजन रायकी पत्नी मीना यादवको नाम सिफारिस भएको छ । ०७४ को निर्वाचनमा क्षेत्र नम्बर ४ बाट माओवादी केन्द्रको तर्फबाट शिवपुजन राय उम्मेदवार बनेका थिए । रातो पासपोट दुरुपयोग अभियोगको मुद्दामा उन्को उम्मेदवारी खारेज भएको थियो । भने, उक्त क्षेत्रबाट कांग्रेसका नेता डा.अमरेश कुमार सिंह विजयी भएका थिए ।

यस बर्ष पनि शिवपुजनको मुद्दा अदालतमा विचाराधिन रहेकाले शिवपुजनलाई यस वर्ष माओवादीले उम्मेदवार बनाएको छैन् । शिवपुजनले उम्मेदवार बन्न नपाए पछि उन्की पत्नीले मौका पाएको जानकारहरुको भनाई छ ।

यसैविच पार्टीले हरिवन नगर समितिका अध्यक्ष अर्जुन पन्तलाई प्रदेश सभातर्फ सर्लाही ३ को ‘क’ बाट उम्मेदवार सिफारिस गरिसकेको छ । पन्तलाई माओवादी केन्द्र हरिवन र वरहथवा नगर समितिले दुवै स्थानबाट उम्मेदवारमा सिफारिस गरेको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...