Wednesday, March 29, 2023

४९ औँ ईन्द्रजात्रा मेला महोत्सव २०७९: प्रकास र रजिनाले दर्शक नचाउने, पाढे र जिग्रीले पेट मिचिमिचि हसाउने

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

बागमती-सस्कृती संरक्षण तथा स्थानीय उत्पादन प्रवर्दनको उद्देश्य सहित बर्षेनी आयोजना हुदै आएको ईन्द्रजात्रा मेला महोत्सव–२०७९, सुरु भएको छ ।

बागमती नगरपालिका–८, सोल्टीमा हरेक बर्ष आयोजना हुदै आएको ईन्द्रजात्रा मेला महोत्सवको शुक्रवार विधिवत उद्घाटन हुन लागेको हो । २४, २५ र २६ गरी तिन दिन संचालन हुने महोत्सवको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला समितिका संयोजक धु्रव चौलागाईले जानकारी दिए ।

आयोजकका अनुसार महोत्सवको उद्घाटन कार्यक्रम साझ ६ बजेका लागि तय गरिएको छ । मेला महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको समेत प्रस्तुती रहने आयोजकले जनाएको हो । मेलाको पहिलो दिन शुक्रवार औपचारिक उद्घाटन पछि राष्ट्रिय कलाकार गायक प्रकाश सपुत, गायिका रजिना रिमाल, कलाकार जिग्री र पाडे लगाएतको प्रस्तुती रहने छ ।

यस्तै दोस्रो दिन शनिवार आर्केष्ट्रा डान्स र तेस्रो तथा अन्तिम दिन दिउसो कुस्ती प्रतियोगिता र साझबाट प्रदेश स्तरिय खुल्ला नृत्य प्रतियोगिता हुने आयोजक सोल्टी यूवा क्लवले जनाएको हो । प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार शिल्ड र प्रमाणपत्र, दोस्रो हुनेले ३१ हजार शिल्ड प्रमाण पत्र, तेस्रो हुनेले २१ हजार शिल्ड र प्रमाणपत्र तथा सान्तोना पुरस्कार नगद ५१ सय शिल्ड र प्रमाणपत्र रहेको आयोजकले जनाएको हो ।

साथै महोत्सवमा रोटेपिङ, कोलम्बस, मौतका कुवा, सर्कस, जादु लगाएतका मनोरंजनको समेत ब्यवस्था छ । शुक्रवारको उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य हरि उप्रेती, बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उपमेयर लिला कुमारी मोक्तान, जिल्ला प्रहरीका प्रमुख एसपी प्रविण पोखरेल लगाएतको उपस्थिती रहने महोत्सव आयोजक समिति संयोजक चौलागाईले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।