Wednesday, March 29, 2023

हरिवन बजार क्षेत्रका फुटपाथ व्यवसायीद्वारा समय थपगर्न मागगर्दै नगरप्रमुखलाई ज्ञापन पत्र बुझाए

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

हरिवन-बजार क्षेत्रका फुटपाथ व्यवसायीहरुले फुटपाथ पसल हटाउने समय बढाउन मागँ गर्दै हरिवन नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

सूचना नै जारी गरेर नगरपालिका कार्यलयले अब्यवस्थित पसल वा संरचना हटाउन भनेपछि व्यवसायीहरुले समय थप गर्न मागँ गरेका हुन् । नगरपालिका कार्यलयले पुर्व पश्चिम राजमार्गको ७५ मिटर भित्र अब्यवस्थित रुपमा तयार भएको संरचना र पसल १० दिन भित्र हटाउन गत भदौ १९ गते सूचना जारी गरेको थियो ।

त्यसको ५ दिन पछि फुटपाथ ब्यवसायीहरुले ज्ञापन पत्र मार्फत चाडवाडको मुखमा आफुहरुको बिचल्ली नबनाउन अनुरोध गरेका हुन् । नजिकिँदै गरेको चाडबाडका कारण नगरपालिकाले दिइएको १० दिनको समयमा पसल खाली गर्ने तथा संरचना हटाउन नसकिने उनीहरुले बुझाएको पत्रमा उल्लेख गरेका छन् ।

यसैविच पत्र मार्फत ब्यवसायीहरुले दुई बुंदे माग समेत राखेका छन् । दशै, तिहार र छठ पछि आफुहरुलाई उचित स्थानमा ब्यवस्थापन गरेर मात्र हटाउन मागँ गरेका छन् । नगर प्रमुख रमेश बुढाथोकी (कमल)ले पत्र बुझ्दै आवश्यक छलफल पछि निर्णय लिईने बताए । कार्यपालिकाको छलफलमा व्यवसायीको गुनासोको संम्बन्धमा छलफल गरेर सम्बोधन गरिने मेयर बुढाथोकीले जानकारी दिए ।

अबैध रुपमा निर्माण भएका संरचना, ठेल पसल लगाएतका अतिक्रमणका कारण पुर्व पश्चिम राजमार्गमा सवारी आवागमनमै असर परेको भन्दै नगरपलिकाले सडकको दाँया बाँया ७५ मिटर खाली गराउने तयारी गरेको हो । पसल तथा संरचनाले ठुला दुर्घटनाको जोखिम बढ्नुका साथै जनधनको क्षती हुने देखिएको भन्दै त्यस्ता संरचना हटाउन नगरले सूचनामार्फत सम्पुर्णमा जानकारी गराएको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।