Monday, March 20, 2023

”जनता सगँ कांग्रस” अभियान सर्लाहीमा सम्पन्न

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

लालबन्दी–नेपाली कांग्रेस केन्द्रीय कार्यक्रम ”जनता सगँ काग्रेस” अभियान सर्लाहीमा सम्पन्न भएको छ ।

गत भदौ १० गतेबाट सुरु भएको ”जनता सगँ कांग्रेस” अभियानको शुक्रवार १०९ औँ वि.पि जन्म जयन्तीको विषेश अवसर पारेर समापन गरिएको कांग्रेस जिल्ला कार्यसमितिले जनाएको हो । केन्द्रीय प्रतिनिधि दिनेश यादवको उपस्थितीमा संचालन भएको अभियानको पहिलो चरण अन्तरगतका कार्यक्रम जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा आयोजना गरिएको थियो ।

लालबन्दीमा केन्द्रीय प्रतिनिधि यादवको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरेर अभियानको औपचारिक समापन गरिएको नेपाली कांग्रेस जिल्ला समिति सचिव निरोज कार्कीले जानकारी दिए । जिल्ला सभापति सुरेन्द्र प्रसाद सिङको अध्यक्षतामा सम्पन्न समापन समारोहमा पार्टीका नेता शम्भुलाल श्रेष्ठ, प्रदेश कमिटि सदस्य रामबाबु साह, उदय नारायण चौधरी, सर्मिला थापा, मदन विश्वकर्माको आतिथ्यता रहेको थियो ।

यस्तै जिल्ला समन्वय समिति सभापति कौशल किसोर सिङ, लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना माया पाख्रिन, ईश्वरपुर नगरपालिकाकी उपमेयर रंजिता चौधरी, जिल्ला सचिव कार्की लगाएतको अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संचालक नारायण गुर्मछानले जानकारी दिए । कार्यक्रमका अधिकांश बक्ताहरुले आशन्न चुनावमा पार्टीको रणनीतिको बारेमा चासो र चिन्ता ब्यक्त गरेका थिए ।

कांग्रेस सर्लाहीले मंसिर ४ को प्रतिनिधि र प्रदेश सभाका लागि उम्मेदवारहरुको नाम प्रदेश कमिटिलाई सिफारिस गरिसकेको जनाएको छ । कार्यक्रमका बक्ताहरुले विपि का योगदानको समेत खुलेर चर्चा गरेका थिए ।

यसै विच अभियानको दोस्रो चरण अन्तरगत अब प्रदेश क्षेत्र देखी जनताको घरदैलोमा गएर अभियान सफल पारिने कांग्रेस सर्लाहीले जनाएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।