Wednesday, March 29, 2023

४९ औँ ईन्द्रजात्रा मेला महोत्सव : दोस्रो दिन शनिवार आर्केष्ट्रा डान्स हुने

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

बागमती– संस्कृति संरक्षण तथा स्थानीय उत्पादन प्रवर्दनको उद्देश्य सहित बागमतीमा ईन्द्रजात्रा मेला महोत्सवको सुरु भएको छ ।

शुक्रवार महोत्सवको संविधान सभा सदस्य नरेन्द्र साहले उद्घाटन गरेका हुन् । हरेक बर्ष संचालन हुदै आएको महोत्सव यस बर्ष पनि ३ दिन संम्म संचालन हुने आयोजक सोल्टी युवा क्लवले जनाएको छ । बागमती नगरपालिका–८, शंकरपुर स्थित सोल्टी बजारमा मेला महोत्सवको भब्यताको साथ उदघाटन गरिएको आयोजकले जनाएको छ ।


४९ औँ ईन्द्रजात्रा मेला महोत्सवको पहिलो दिन शुक्रवार उद्घाटन पछि राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहेको थियो । कार्यक्रममा गायक प्रकाश सपुत, गायिका रजिना रिमाल, क्रान्तीकारी गायक चेतन सापकोटा लगाएतले प्रस्तुती राखेका आयोजक समारोह समितिका संयोजक धु्रव चौलागाईले जानकारी दिए ।

यस्तै दोस्रो दिन शनिवार आर्केष्ट्रा डान्स र तेस्रो तथा अन्तिम दिन आईतवार दिउसो कुस्ती प्रतियोगिता तथा साझबाट प्रदेश स्तरिय खुल्ला नृत्य प्रतियोगिता संचालन हुने आयोजक सोल्टी यूवा क्लवले जनाएको हो । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्तोनाहुनेलाई क्रमश नगद ५१ हजार, ३१ हजार, २१ हजार र ५१ सय सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको हो ।

यस्तै मेला महोत्सवमा रोटेपिङ, कोलम्बस, मौँतका कुवा, सर्कस, जादु लगाएतका मनोरंजनको समेत ब्यवस्था गरिएको सोल्टी युवा क्लवका अध्यक्ष टिका दर्लामीले जानकारी दिए ।

संविधान सभा सदस्य साहको प्रमुख आतिथ्यतामा सम्पन्न उदघाटन समारोहमा बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उपमेयर लिला कुमारी मोक्तान, वडा नम्बर ८ का डम्बर बहादुर कार्की, ७ का दुर्गाबहादुर हेन्जन, ईलाका प्रहरी कार्यलय बरहथवाका डिएसपी मकेन्द्र कुमार मिश्र लगाएतको आतिथ्यता रहेको आयोजकले जनाएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।