Wednesday, March 29, 2023

सर्लाहीमा फेरी हात्ती आतंक, केही घर र अन्नपात क्षती

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

लालबन्दी-लामो समय देखी शान्त देखिएको जिल्लामा फेरी जंगली हात्ती आतंक सुरु भएको छ ।

बिहिवार राती देखी जिल्लाको लालबन्दी र हरिवन स्थित चुरे क्षेत्रमा एक जोडी बयस्क जंगली हात्ती देखिए पछि स्थानीय आतंकित बनेका हुन् । यस पहिला पनि लामो समय जिल्लाको हरिवन, लालबन्दी, ईश्वरपुर लगाएतका क्षेत्रमा जंगली हात्तीले वितण्डन मच्चाएको थियो । यसरी आउने गरेको जंगली हात्तीले जिल्लाम जनधनको क्षती गर्ने गरेको स्थानीयको भनाई छ ।

बिहिवार राती लालबन्दी नगरपालिका–१, स्थित सामुदायिक बन क्षेत्रमा एक्कासी एक जोडि जंगली हात्ती देखिएको थियो । उक्त हात्तीले राती स्थानीयको दुई वटा फुसले छाएको, बाँसको टाटीको भित्ता रहेको घरमा क्षती पु¥याएको थियो । त्यस पछि गाउँका स्थानीय, डिभिजन बनका कर्मचारी र प्रहरी प्रशासन समेतको सहयोगमा जंगली हात्तीलाई जंगल तर्फ फर्काइएको थियो ।

त्यस पछि शुक्रवार अबेर उक्त हात्ती हरिवन नगरपालिकाको विभिन्न गाउँमा देखिएको प्रहरीले जनाएको छ । सोही जंगली हात्तीले हरिवन नगरपालिका–५, महतो टोलमा दुई जनाको फुसको छाना भएको घर भत्काएको हो । हात्तीले सोही स्थानका शंकर महतो र प्रकास महतोको घर भत्काएको हो । हात्तीले घर भित्र रहेको धान लगाएतको अन्नमा समेत क्षती पु¥याएको छ ।

त्यसबाट झण्डै १२/१५ हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ । गाउँ पसेको जंगली हात्तीलाई स्थानीय र बन कर्मचारी समुहले निकै प्रयास पछि जंगल पठाउन सफल भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीको भनाई छ ।

यसैबिच कही कतै जंगली हात्ती देखिहाले कोकोहोलो गर्ने अनेक आवाज निकाल्ने लगाएतको काम नगर्न डिभिजन बन कार्यलय सर्लाहीले अनुरोध गरेको छ । आफ्नो गन्तब्यमा हिडेको हात्ती थकानका कारण वा बाटो भुलेर गाउँ पस्ने भएकाले उनीहरुलाई त्रसाउने लगाएतको गतिविधि नगर्न आग्रह गरेको छ ।

बन जंगलमा जथाभावी नजान तथा जंगली हात्ती देखिय तत्काल डिभिन बन कार्यलय वा नजिकैको प्रहरी कार्यलयमा खवर गर्न समेत अनुरोध गरेको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।