Wednesday, March 29, 2023

बच्चा चोरीको हल्लाले स्थानीय आतंकित, हल्लाको पछि नलाग्न प्रशासनको आग्रह

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

सर्लाही-जिल्लाको दक्षिणी क्षेत्रमा केही दिन यता ब्यापक बनेको बच्चा चोरको हल्लाले स्थानीय आतंकित भएका छन् ।

गाउँ गाउँमा बच्चा चोर्ने समुह सकृय रहेको हल्ला पछि स्थानीय सशंकित भएका हुन् । ठाउँ ठाउँमा बच्चा चोर पक्राउ परेको भन्दै सामाजिक संजालमा भिडियोहरु समेत सार्वजनिक भईरहेका छन् । जिल्लाका दक्षिणी क्षेत्रका स्थानीयले त केही ब्यक्तिहरुलाई बच्चा चोरको आरोपमा पक्राउ समेत गरेर प्रहरीलाई बुझाएका छन् ।

सामाजिक संजालमा फौलिएको कुरा अफवाह मात्र भएको प्रहरीले जनाएको छ । स्थानीयले बच्चा चोरको आशंकामा बुझाएका अधिकांस मानसिक सन्तुलन गुमाएका ब्यक्ती रहेका समेत जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो । यसरी फैलिएको अफवाहले समाजमा नकारात्मक असर पर्ने जानकारहरुको भनाई छ ।

सचेतनाको नाममा यस्ता सामाग्री सामाजिक संजालमा नराख्न तथा अरुले राखेका सामाग्री सेयर नगर्न समेत सुरक्षा निकायले सचेत गराएको छ । यस्ता तथ्यहिन कपोकल्पीत कुराको पछाडि नलाग्न र आफ्ना बालबालिकाको नियमित हेरविचार गर्न जिल्ला प्रशासन कार्यलयले आग्रह गरेको हो ।

गाउँ समाजमा गलत अफवाह फैलाईएको भन्दै हाल सम्म सर्लाहीमा बच्चा चोर्ने समुह सकृय भएको कुनै आधार तथ्य फेला नपरेको तथा त्यस्ता कोही पनि पक्राउ नपरेका सर्लाही प्रहरीका प्रमुख प्रविण पोखरेलले जानकारी दिए ।

हल्लाकै कारण गाउँमा नयाँ अनुहार देखिने बित्तिकै स्थानीय सशंकित भएर खवर गर्ने गरेका स्थानीय जनप्रतिनिधिहरुको अनुभव छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।