Monday, March 20, 2023

प्याब्सन एरिया ‘बि’ को आयोजनामा प्रथम गायन प्रतियोगिता २०७९ सम्पन्न

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

हरिवन-नीजि तथा आवासिय बिध्यालयको छाता संगठन प्याब्सन एरिया ‘बि’ को आयोजनामा प्रथम गायन प्रतियोगिता २०७९ सम्पन्न भएको छ ।

शनिवार हरिवन नगरपालिका स्थित सगुन सहकारीको सभाहलमा पहिलो गायन प्रतियोगिता सम्पन्न भएको हो । प्याब्सन एरिया ‘बि’ अन्तरगतका ८ वटा बिध्यालयका छात्र छात्राहरुको सहभागितामा प्रतियोगिता सम्पन्न भएको आयोजकले प्याब्सन एरिया ‘बि’ ले जनाएको छ ।

प्रतियोगितामा प्राथमिक तह र माध्यामिक तह गरी दुई तहका बिद्यार्थीहरुको छुट्टा छुट्टै सहभागिता रहेको कार्यक्रमका सभाध्यक्ष प्याब्सन एरिया ‘बि’ सचिव सुदर्शन पोखरेलले जानकारी दिए । प्रतियोगितामा प्राथमिक तह तर्फ एलिट बोडिङ स्कुलकी आयुसा लामा प्रथम हुन सफल भएकी छिन् ।

यस्तै बाल निकेतन बोडिङकी जस्मिन जिम्बा द्वितिय र शिशु प्रज्ञा सदनकी सपना भण्डारी तृतिय हुन सफल भईन् । साथैै मध्यामिक तह तर्फ सर्लाही एम्बिसनकी सिता माया घिसिङ प्रथम, एलिट बोडिङ स्कुल बागमतीका दिपेन स्यांतान द्वितिय र सनराईज सेकेन्डरी स्कुल हरिवनकी आशिका लोप्चन तृतिय हुन सफल भएकी छन् ।

विजेता बिद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि हरिपुर नगरपालिकाका मेयर गोपाल पंजियारले शिल्ड तथा प्रमाण पत्र वितरण गरे । प्याब्सनको नियमित अतिरिक्त कृयाकलाप अन्तरगत गायन प्रतियोगिता आयोजना गरिएको प्याब्सन एरिया ‘बि’ ले जनाएको छ । प्रतियोगितामा भरत पुलामी, गंगा लामा र तेज नारायण आले निर्णयकमा रहेका थिए ।

प्याब्सन हरिवनका सचिव पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको औपचारिक समारोहमा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी(कमल), प्याब्सन जिल्ला अध्यक्ष निर्मल आचार्य, प्याब्सन प्रदेश सहसचिव मनोज थापा लगाएत विभिन्न बिध्यालयका प्रधानाध्यापक तथा संस्थापकहरुको समेत सहभागिता रहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।