Wednesday, March 29, 2023

हरिवनमा बनेको जेष्ठ नागरिक आवास भवन नगरका मेयर बुढाथोकीले बुझे

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

हरिवन-हरिवन नगरपालिका स्थित कैलाशपुरी मन्दिर प्रांगणमा निर्माण भएको जेष्ठ नागरिक आवास भवन नगर मेयर रमेश बुढाथोकी(कमल)ले बुझेका छन् ।

शनिवार एक कार्यक्रमका विच भवन निर्माण कम्पनीका प्रतिनिधिले मेयर बुढाथोकीलाई साचो हस्तान्तरण गरेका हुन् । मेयर प्रसाई र स्वर्गीय नेता डाचाँ राज वाग्लेको पहलमा एक बर्ष पहिलानै उक्त भवन तयार भएको थियो । तर, यस पहिलाका एमालेबाट निर्वाचित मेयर गणेश प्रसाद प्रसाईले भवन बुझन नमाने पछि लामो समय अलपत्र परेको थियो ।

उक्त भवन नगरलाई हस्तान्तरणको लागि १३ महिना पहिला पनि सोही प्रांगणमा औपचारिक कार्यक्रम आयोजना भएको थियो । तर, कार्यक्रममा तत्कालिन मेयर प्रसाई र वडाध्यक्ष रामबहादुर क्याप्छाकी उपस्थित नभए पछि कार्यक्रम स्थगित भएको थियो । शनिवार भवन हस्तान्तरण सभालाई सम्बोधन गर्दै मेयर बुढाथोकीले आफु तत्कालिन मेयर प्रसाईलाईनै भवन हस्तान्तरण गर्ने पक्षमा रहेको बताए ।

तर, फरक पार्टीको भएकै कारण उन्ले संकुचित भावना राखेर भवन बुझन नमानेको मेयर प्रसाईको आरोप थियो । आफ्नै पहलमा निर्माण भएको भवन आफैले बुझन पाएकोमा आफुलाई खुसीलागेको उन्ले प्रतिकृया दिए । सोही कार्यक्रमका विच मेयर बुढाथोकीले भवनको उदघाटन समेत गरिदिएका छन् । केही दिनमै जेष्ठ नागरिक आवासमा बेसाहारा बृद्धबृद्धाहरुलाई राखिने उन्ले बताए ।

‘सुखी जेष्ठ नागरिक आवास’ नामाकरण गरिएको उक्त भवन सहरी विकास तथा भवन निर्माण विभागको तीन करोड ६२ लाख रुपैयाँ लागतमा तयार भएको हो । कम्पाउण्ड सहित निर्माण गरिएको सुविधा सम्पन्न उक्त भवनमा १८ कोठाहरु छन् । आफ्नो नगरपालिका क्षेत्रमा राज्यले करोडौँ खर्चिएर निर्माण गरेको भवन बुझन् अस्वीकार गरेको भन्दै त्यतिबेला मेयर प्रसाइँ र वडाध्यक्ष क्याप्छाकीको व्यापक आलोचना समेत भएको थियो ।

कार्यक्रममा उनले कैलापुरीमा जेष्ठ नागरिक भवन पार्न आफूसहित स्वर्गीय डाचाराज वाग्लेले निकै मेहनत गरेको मेयर बुढाथोकीले स्मरण गरे । कार्यक्रममा एमाले हरिवन नगर कमिटीका अध्यक्ष सीताराम पोखरेलले त्यतिबेला भवन नबुझेर गल्ती भएको बताए । ‘त्यतिबेलै नगरपालिकाले भवन बुझ्नुपर्छ भन्ने पक्षमा म थिएँ,’ पोखरेलले भने, ‘सबैतिर भवन बुझ्नुपर्छ, भनेर आवाज उठाएको थिएँ । तर, त्यो हुन सकेन।’

कार्यक्रममा हरिवन–१, का वडाध्यक्ष टमबहादुर घिसिङ, वडा नम्बर–८, का अध्यक्ष प्रज्वल ढुंगाना, वडा नम्बर–४, का वडाध्यक्ष अर्जुन लामा, नेपाली कांग्रेसका नेता रामशरण उप्रेती, माओवादी केन्द्रका नेता अर्जुन पन्त, एकीकृत समाजवादीका यमबहादुर भूजेल, हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, निर्माण कम्पनी बाबु रत्न कन्ट्रक्सन, खापिन्छे ललितपुरका प्रतिनिधि मनिष यादव लगायतको उपस्थिति थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।