Wednesday, March 29, 2023

सर्लाहीका पुर्व जिसस प्रमुख देखी पुर्व पालिका प्रमुख समेत एमालेमा प्रवेश

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

सर्लाही-जनता समाजवादी पार्टी सर्लाहीका केही नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

पुर्व जिल्ला समन्वय समिति सभापति देखी पुर्व मेयर सम्म एमालेमा प्रवेश गरेका नेकपा एमालेले दावी गरेको हो । श्रोतका अनुसार आईतवार पुर्व जिल्ला समन्वय समिति सभापति मेथुर चौधरी, मलंगवा नगरपालिकाका पुर्व मेयर निरसल साह, गत स्थानीय तह निर्वाचनकी उपमेयरकी उमेदवार पानो देवी, पर्सा गाउँपालिकाका निबर्तमान अध्यक्ष तथा जसपाका नेता किसुनदेब राय यादब एमाले प्रवेश गरेका हुन् ।

उनीहरु सबैजनालाई पार्टीका अध्यक्ष केपी शर्मा वलीले अबिर र खादा ओडाएर पार्टीमा स्वागत गरेका छन् । यस्तै कौडेना गाउँपालिकाका निबर्तमान अध्यक्ष राजीनन्दन चौधरी, नेपाली कांग्रेसका जिल्ला नेता मो. जुनैद रिजबी, विभिन्न पार्टीबाट निर्बाचित ४ जना वडाअध्यक्षहरु, जसपा नेपालका जिल्ला स्तरीय नेताहरु बैधनाथ राय, नन्दकिशोर राय, बिरेन्द्र राय, नेकपा (माओबादी केन्द्र) निकट बिद्यार्थी सङठनका नेता सनम नेपाल एमालेमा प्रवेश गरेका हुन् ।

सोही कार्यक्रम मार्फत विभिन्न पार्टीका सयौँ नेता–कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका नेकपा एमालेका नेता बिदुर प्याकुरेलले सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन् । एमाले प्रवेश गरेका मलङ्ग्वा नगरपालिकाका पुर्व मेयर साह तथा उपमेयरकी उमेदवार पानो देवि गत स्थानीय तह चुनावमा जनता समाजवादी पार्टी, नेपालको टिकटबाट चुनाव लडेका थिए । तर, पराजित भए ।

पुर्व सभापति एवं जसपा नेता चौधरी २०७४ सालमा तत्कालीन राजपाको टिकटबाट जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा विजयी भएका थिए । त्यस्तै पर्सा गापाका पुर्व अध्यक्ष यादव २०७४ को स्थानीय चुनावमा तत्कालीन फोरमबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । भने, कौडेना गाउँपालिका पुर्व उपाध्यक्ष एवं जसपा नेतृ सुनिता जयसवाल तत्कालीन राजपाबाट विजयी भएकी थिइन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।