Monday, March 20, 2023

सर्लाहीबाट लागु औषध सहित ४ जना पक्राउ

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

सर्लाही-सर्लाही प्रहरीले लागु औषध सहित जिल्लाका दुई छुट्टा छुट्टै स्थानबाट ४ जनालाई पक्राउ गरेको छ ।

शुक्रवार जिल्लाको पुर्व पश्चिम राजमार्ग स्थित लालबन्दी नगरपालिका–१, बाट लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२, बस्ने ४१ बर्षका बिनोद महरा र उनी सगै मोटरसाईकलमा सवार सोही स्थानका ४२ बर्षका राजाराम कापर रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

प्रदेश २–०२–००५ प २२०६ नम्बरको मोटरसाईकलमा सवार उनीलाई पश्चिमबाट पुर्व तर्फ जादै गर्दा प्रहरीले शंका लागेर चेकजाँच गरेको जनाएको छ । चेक जाँचको क्रममा मोटरसाईकलको पछाडि सवार कापरले बोकेको कालो झोलाबाट ५ किलो गाँजा बरामद् भएको प्रहरीले जनाएको हो ।
यस्तै जिल्लाको ब्रह्मपुरी गाउँपालिका स्थित झिम नदि किनारबाट पनि लागु औषध सहित दुईजना पक्राउ परेका छन् ।

ब्रह्मपुरी गाउँपालिका–३, झिम नदि किनार नजिकैबाट भारतको सोनवर्षाबाट नेपाल तर्फ आउदै गरेका दुई जनालाई लागु औषध सहित प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–४, बस्ने २९ बर्षका निगम घले र जिल्लाको बागमती नगरपालिका–२, ढुंग्रेखोला बस्ने ३१ बर्षका रवि खड्का रहेको प्रहरीले जनाएको हो ।

उनीहरुलाई शंका लागेर चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट प्रोभिठ्ठा जिन ३५ एम्पुल, डिजेट् पाम ३३ एम्पुल, सादा नुर्फिन ३३ एम्पुल गरी १०१ पिस लागु औषध बरामद भएको प्रहरीले जनाएको हो । उनीहरुलाई सशस्त्र प्रहरी सिमा सुरक्षा बेस र त्रिभुवननगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

दुवै घटनाका अभियुक्तहरुलाई उनीहरु सवार मोटरसाईकल र उनीहरुको साथबाट बरामद् लागु औषध सहित नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरीका प्रवक्ता विजय यादवले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।