Friday, March 31, 2023

‘एटिएम’ मेसिन फोडेर पैसा चोर्न खोज्ने दुईजना पक्राउ

ताजा / भरखरै प्राप्त

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

हरिवन-सर्लाहीको हरिवनबाट ‘एटिएम’ मेसिन फोडेर पैसा चोर्न खोज्ने शंकास्पद दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत साउन २५ गते बुधवार मध्यराती १ बजेको समयमा माक्स लगाएका दुईजना ब्यक्तिले हरिवन–११, मा रहेको एनआईसी एसिया बैँकको ‘एटिएम’ मेसिन फेड्न खोजेका थिए । उक्त घटना एटिएम बुथमा रहेको सिसि टिभीमा रेकर्ड भएको थियो । रडको सहायताले ‘एटिएम’ मेसिन फोडेर पैसा चोर्ने प्रयास गरेको भिडियो फुटेजमा देखिएपछि प्रहरीले उनीहरुको खोजिसुरु गरेको थियो ।

घटनाको दुई हप्ता पछि गत भदौ १० गते दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनामा हरिवन नगरपालिका–११, बस्ने २६ बर्षका शमसेर देवान र १९ बर्षका महमद समसाद संलग्न रहेको पाहिएको हो । दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार घटना लगतै उनीहरु फरार भएका थिए ।

घटनाको प्रारम्भिक अनुसन्धानबाट उनीहरुनै सलग्न रहेको खुलेको प्रहरीले जनाएको हो । ‘एटिएम’ बुथमा रहेको सिसि टिभी फुटेजका आधारमा निरन्तर अनुसन्धान पछि घटनामा संलग्नलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय हरिवनका प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles