Monday, March 20, 2023

सर्लाहीको बागमती स्थित हिरेडाडाँका स्थानीयको बिजुली बाल्ने ईच्छा पुरा

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

बागमती-सर्लाहीको बागमती नगरपालिका स्थित हिरे डाडाँमा बिजुली बलेपछि स्थानीय दंग परेका छन् ।

चुरे भेगमा रहेको उक्त गाँउमा बषौँ देखी स्थानीय टुकिको भरमा बस्दै आएका थिए । जनप्रतिनिधि र स्थानीयको अथक प्रयास पछि गाँउमा बिजुली बलेको बागमती नगरपालिका–१, का वडाध्यक्ष गम्भीर सिङ पाख्रिनले जानकारी दिए । गाँउमा बिजुलीको सुविधा नहुदा स्थनीयको दैनिकी निकै कष्टकर रहेको स्थानीयको अनुभव छ ।

बिजुली नभएकै कारण बत्ती सगैँ अन्य बिजुलीबाट चल्ने उपकरण चलाउन नपाएको स्थानीयले सुनाए । अब गाउँमा बिजुलीबाट चल्ने कुटान पिसानको समेत सुविधा आउने एक स्थानीय रतन वाईवाको भनाई थियो । नगरको अत्यन्त विकट रहेको गाउँ हिरेडाडाँमा बिजुली पुगेपछि स्थानीय दंग परेका छन् ।

बिजुलीबाट गाउँका ६० भन्दा बढी घरधुरी लाभान्वित भएका वडाध्यक्ष पाख्रिनले बताए । “बिजुली नहुँदा अधिकांश स्थानीय टुकी बत्ती बालेर रात काट्न बाध्य थिए ।” उनले भने, “आर्थिक अवस्था सबल भएका केहीले मात्रै सोलार बत्ती बाल्ने अवस्था थियो, बिजुली बत्ती नै पुगेपछि, स्थानीय खुशी भएका छन् ।”

उक्त गाउँ उत्तरमा सिन्धुलीको हरिहरपुरगढि गाउँपालिका–६, ठुलो कौँवा सगँ जोडिएको छ । गाउँमा बिजुली नहुँदा स्थानीय मोवाइल चार्ज देखि अन्य काम गर्न समेत पुर्व पश्चिम राजमार्ग सगँै जोडिएका बजारहरुमा आउनुपर्ने बाध्यता रहेको थियो । नेपाल विद्युत प्राधिकरणको लालबन्दी वितरण केन्द्रले एक वर्षको प्रयासपछि हिरिरे डाँडामा बिजुली पु¥याइएको जनाएको छ ।

वितरण केन्द्र प्रमुख सञ्जिवकुमार साहले २५ केभीको ट्रान्सफर्मर जोडेर हिरिरे डाँडामा बत्ती वितरण गरिएको बताए । “एक वर्षदेखिको प्रयासले त्यहाँ बत्ती पु¥याउन सफल भयौँ ।” उनले भने, “अधिकांश स्थानीयले मिटर जडान गरेर बत्ती बाल्न सुरुगरेका छन् ।” यो सगैँ वितरण केन्द्र अन्तर्गत पर्ने छ वटा पालिकाका ६० वटै वडामा पूर्ण विद्युतीकरण भएको वितरण केन्द्र प्रमुख साहले बताए ।

बिद्युत सप्लाई चालू गरी उद्घाटन गर्न गाउँमा पुगेका बागमती नगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तान, वडाध्यक्ष पाख्रिन, प्राधिकरणको वितरण केन्द्रका प्रमुख साह लगायतलाई स्थानीयले अविर र खादा पहि¥याएर स्वागत गरेका थिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।