Monday, March 20, 2023

सर्लाहीका थारु समुदायले पनि हर्षउल्लासका साथ मनाए जितिया

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

सर्लाही-सर्लाहीमाका थारु समुदायले पनि हर्षउल्लासका साथ जितिया पर्व मनाएका छन् ।

शनिबारबाट विधिवत रुपमा सुरुभएको जितिया पर्व जिल्लाका थारु समुदाय सगैँ तराईमा भब्यरुपमा मनाउने गरिएको छ । जितियाको अवसरमा थारु समुदायको बसोवास रहेको स्थानहरुमा झाँकीसहित साँस्कृतिक कार्यक्रमहरु समेत आयोजना भएका छन् । भने, तराई मुलका महिलाहरुले बिशेष आस्थाका साथ ब्रत र पुजाआजा गरेर मनाउने प्रचलन छ ।

जितिया पर्वको अवसरमा जिल्लाको हरिपुर नगरपालिका स्थित चितायन, लालबन्दी नगरपालिका–३, जब्दी लगाएतका स्थानहरुमा विभिन्न कार्यक्रम आयोजना गरेको जनाएका छन् । जिल्लामा थारु समुदायले उल्लासपूर्ण किसिमले जितिया पर्व मनाएको स्थानीय आशनारायण चौधरीले जानकारी दिए । लालन्दीको जब्दीमा वडा कार्यालयको परिसरमै औपचारिक कार्यक्रम आयोजना भएको थियो ।

नगरप्रमुख बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा थारु समुदायको भेषभुषा सहितको झाकी सहित हर्षोल्लासपूर्वक जितिया महोत्सव मनाएको उनीहरुको भनाई छ । कार्यक्रममा वडाध्यक्ष वुद्धदेव चौधरीको अध्यक्षतामा रहेको थियो । आफ्नो समुदायको संकृति संरक्षण तथा नयाँ पुस्तान्तरणको उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष चौधरीले जानकारी दिए ।

यसैगरी, ईश्वरपुर नगरपालिका–१४, हरकठवामा जितियापर्वको अवसरमा शुभकामना आदानप्रदानसँगै साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नगरप्रमुख मनोजकुमार आचार्यको प्रमुख अतिथ्यतामा कार्यक्रम संम्पन्न भएको हो । मेयर आचार्यले आयोजकलाई १० हजार रुपैयाँ सहयोग समेत गरे ।

विशेष विधीका साथ आमाहरुले मनाउने यस जितिया पर्वमा आफ्नो परिवारको कल्याण, आरोग्य, सुख–समृद्धि, सन्तानको दीर्घायुको कामना गर्ने प्रचलन छ । यस पर्वमा समेत अघिल्लो दिन चोखोनितो भएर निराहार व्रत बस्ने र पूजाआजा गर्ने गर्दछन् । थारु समुदायले विशेष रुपमा मनाउने यो पर्व पछिल्लो समय मिथिला क्षेत्रमा पनि व्यापक रुपमा मनाउन थालिएको जानकारहरुको भनाई छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।