Tuesday, March 28, 2023

जिल्लाको बिकट क्षेत्र गुईडुङमा चट्याङ लागेर १ जनाको ज्यान गयो, ४ जना घाइते

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

ईश्वरपुर-सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित गुईडुङमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । भने, ४ जना घाईते भएका छन् ।

सोमवार अपरान्ह ४ बजेको समयमा जिल्लाको उत्तर–पूर्वी चुरेभेगमा परेको चट्याङ लागेर ईश्वरपुर नगरपालिका–१२, गुईडुङका २८ बर्षका प्रेमबहादुर घलानको ज्यान गएको हो । सोही चट्याङमा परेर २ वर्षकी बालिका सहित अन्य ४ जना घाइते भएका स्थानीयले जनाएका छन् ।

पानी सगँै परेको चट्याङ लागेर गम्भीर घाइते भएका घलानलाई तत्काल उपचारका लागि बर्दिवास स्थित जनसेवा अस्पताल पु¥याईएको थियो । अस्पताल पुग्ने वित्तिकै घलानलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । घलानलाई ज्वाइँ वुद्धबहादुरको घरमा गएका बेला चट्याङ लागेको स्थानीयले बताएका छन् ।

चट्याङ लागेर मृतक घलानकी श्रीमती नन्दीमाया घलान, ज्वाइँ वुद्धबहादुर पाख्रिन, वुद्धबहादुरकी छोरी २ वर्षकी प्रतिमा पाख्रिन र स्थानीय रुद्रमान स्याङतान घाइते भएका छन् । उनीहरु सबैजनाको बर्दिवास स्थित जनसेवा अस्पतालमा उपचार भईरहेको छिमेकी वीरबहादुर थिङले जानकारी दिए ।

थिङका अनुसार घाइते सबैको अवस्था सामान्य छ । स्थानीयका अनुसार घटना स्थिल गुईडुङ निकै विकट क्षेत्र हो । सडक नपुगेको उक्त स्थानमा पुग्न चुरेको फेदीबाट झण्डै एक घण्टा पैदल हिड्नु पर्ने बाध्यता छ । चट्याङ लागेर घाईते भएकाहरुलाई स्थानीयले पानी पर्दा पर्दै झोलुंगोमा बोकेर घारिबथानसम्म ल्याईपु¥याएका वडाध्यक्ष देवीबहादुर खत्रीले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।