Wednesday, October 4, 2023

८ औँ संविधान दिवसको अवसरमा सर्लाहीमा विभिन्न कार्यक्रम सम्पन्न

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

सर्लाही–असोज ३ गते अर्थात संविधान दिवस । सर्लाहीमा पनि ८ औँ संविधान दिवस विभिन्न कार्यक्रम सम्पन्न भएको छ ।

सोमवार संविधान दिवसको अवसरमा सर्लाहीमा बृक्षारोपण, सरसफाई, दिपप्रज्वलन लगाएतका कार्यक्रमहरु सम्पन्न गरिएको हो । संविधान दिवस तथा राष्ट्रिय दिवसको–२०७९ को अवसरमा कर्मचारी मिलनकेन्द्र, सर्लाही र डिभिजन वन कार्यालय सर्लाहीको संयुक्त रुपमा वृक्षारोपण गरेका छन् । संविधान दिवसको अवसरमा सोमवार विहान सदरमुकाम मलंगवा स्थित तिन विघे मैदान परिसरमा बृक्षारोपण गरिएको हो ।

कार्यक्रमको जिल्ला समन्वय समिति सर्लाहीका उप–प्रमुख जितेन्द्र कुमार कुशवाहाले बिरुवा रोपेर शुभारम्भ गरेका थिए । कार्यक्रममा कर्मचारी मिलन केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, मिलन केन्द्रका अध्यक्ष रामदरेश राय, सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारी, प्रहरी उपरीक्षक प्रविण पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक भरत खनिया समेत सहभागि भएका थिए ।

राष्ट्रिय अनुसंधान जिल्ला कार्यालयका अनुसंधान निर्देशक चन्दन कुमार झा, डिभिजन वन कार्यालयका साजन चौधरी, मलंगवा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम, नेपाल निजामती कर्मचारी युनियनका कपिलदेव साह, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका रामनाथ साह, मिलन केन्द्र सचिव सुनिल कुशवाहा, कोषाध्यक्ष रामश्वार्थ महतो, सदस्य रंजन महतो लगाएतले समेत बृक्षारोपण गरेका आयोजकले जनाएको हो ।

वृक्षरोपण कार्यक्रममा सहभागि अधिकांसले संविधान दिवसको अवसरमा शुभकामना समेत आदनप्रदान गरे ।

यस्तैविच संविधान दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा साझ दिपप्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका मुख्य चोक बजारहरुमा समेत सामुहिक दिपप्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो । यस्तै जिल्लाका विभिन्न बिध्यालयहरुले समेत संविधान दिवसको अवसरमा अतिरिक्त कृयाकलाप समेत आयोजना गरेका जनाएका छन् ।

सोही अवसरमा जिल्लाको बागमती नगरपालिका स्थित विभिन्न बिद्यालयहरुले समेत कार्यक्रम सम्पन्न गरेको जनाएका छन् । बागमती नगरपालिका–११, स्थित श्री ५ महेन्द्र जनता माध्यामिक बिध्यालय, श्री जनवाल कल्याण माध्यामिक बिध्यालय धरहरा, नमुना ज्ञानोदय बिध्यालय लगाएतले संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाएका हुन् । दिवसको अवसरमा महेन्द्र जनता माध्यामिक बिध्यालयमा नगर स्तरिय वक्तृत्व कला प्रतियोगिता सम्पन्न गरेको हो ।

यसैविच सर्लाहीको हरिवन नगरपालिका वडा नं. ५ मा रहेको द्धन्द्ध पिडित बालगृह, हरिवन नगरपालिका वडा नं. ९ नयाँरोडमा रहेको मानवसेवा आश्रम र लालबन्दी नगरपालिका वडा नं. २ जुटपाजीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रममा खाधान्न वितरण गरिएको छ ।

उधोग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र कुमार बलम्पाकीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको प्रमुख आतिथ्यतामा द्धन्द्ध पिडित बालगृह र पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रममा खाधान्न वितरण गरिएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...