Wednesday, March 29, 2023

विश्व पर्यटन दिवस : पर्यटकलाई लजिङमा २५ र फुडिङमा १५ प्रतिशत छुट

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।


लक्ष्मण यादव, सर्लाही-४३ औँ विश्व पर्यटन दिवसको अवसरमा सर्लाहीका होटल तथा पर्यटन व्यवसायीले पर्यटकलाई बिषेश छुट दिने भएका छन् ।

जिल्लामा आउने पर्यटकहरुलाई बिषेश छुट योजना लागु गर्न लागिएको होटल तथा पर्यटन ब्यवसायीहरुले जनाएका छन् । आईतवार नेपाल होटल तथा पर्यटन ब्यवसायी संघ सर्लाहीले पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको हो । दिवसको अवसरमा यही असोज ११, १२ र १३ गते जिल्लाका सम्पुर्ण होटलहरुले छुट सेवा प्रदान गर्ने संघका महासचिव राजेश कुमार शर्माले जानकारी दिए ।

पर्यटन बर्ष २०२२ को अवसरमा सहरी विकास मन्त्रालय मधेस प्रदेश र नेपाल होटल तथा पर्यटन ब्यवसायी संघको सम्युक्त आयोजनामा बिश्व पर्यटन दिवस भब्यरुपमा मनाउने तयारी गरिएको संघले जनाएको हो । सोही अवसरमा आईतवार जिल्ला सदरमुकाम मलंगवा स्थित गोरखकाली नाकामा सरसफाई तथा ¥याली आयोजना गरिएको संघका अध्यक्ष हिराकाजी योन्जनले जानकारी दिए ।

यस बर्ष असोज ११ गते विश्व पर्यटन दिवस परेको छ । दिवसको अवसरमा पर्यटकहरूलाई लक्षित गर्दै नेपाल होटेल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेशले पर्यटकहरुलाई लजमा २५ प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने ब्यवस्था गरेको
संघका मधेस प्रदेस कोषाध्यक्ष वैकुण्ठ सापकोटाले बताए । सापकोटाका अनुसार यो छुट सेवा मधेस प्रदेशको ८ वटै जिल्लामा उपलब्द गराई भएको छ ।

दिवसको अवसरमा जिल्लाको दिवस मुल समारोह आयोजक समितिले जिल्लाका पर्यटकिय गन्तब्यको बारेमा जानकारी दिने होडिङबोड समेत सिमाक्षेत्रमा राखिने जनाएको छ । जिल्लामा पर्यटन प्रवर्धन गर्न र पर्यटकिय क्षेत्रको विकासमा यस्ता कार्यक्रमले ठुलो भुमिका खेल्ने सरोकारवाला निकायहरुको प्रतिकृया छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।