Monday, March 20, 2023

संविधान सभा सदस्य साह माओवादी केन्द्र प्रवेश

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

सर्लाही-संविधान सभा सदस्य नरेन्द्र साह नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

सर्लाही ३ नम्बर क्षेत्रमा ”गुलाव छाप” उपनामले चर्चित संविधान सभा सदस्य साह नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन् । बुधवार सांसद साहलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल(प्रचन्ड)ले पार्टी प्रवेश गराए । माओवादी केन्द्रका अध्यक्ष दहाल निवासमा आयोजित एक कार्यक्रमका बिच साह माओवादी केन्द्र प्रवेश गरेका केन्द्रले जनाएको हो ।

२०७० सालको संविधान सभा चुनावबाट समानुपातिक सांसद बनेका साह ०७४ को चुनावमा सर्लाही ३ नम्बर क्षेत्रबाट स्वतन्त्र उमेदवार बनेका थिए । निकै लोकप्रिय मत ल्याएका उनी निर्वाचित भने हुन सकेन्न । यस क्षेत्रबाट माओवादी केन्द्रका उमेद्वार रामेश्वर राय यादव निर्वाचित भएका थिए । साह माओवादी केन्द्र प्रवेशले सर्लाही क्षेत्र नम्बर ३ मा तरंग पैदागरेको जानकारहरुको बुझाई छ ।

समाजमा निकै भिजेका साह यस पटक माओवादी केन्द्रबाट सर्लाही ३ नम्बर क्षेत्रको प्रतिनिधि सभाका उमेद्वार समेत बन्ने पक्कापक्कि भएको श्रोतले जनायो । होटल तथा पर्यटन ब्यवसायमा आवद्ध साह जिल्लामा बालक देखी वृद्द सम्मले रुचाईएका पात्र समेत हुन् । यस क्षेत्रमा हुने हरेक खालका आपत विपद्मा साह सकेको सहयोग लिएर तत्काल उपस्थित हुने गरेका स्थानीय बताउछन् ।

उक्त कार्यक्रम मार्फत साह सगैँ सयौँ नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका केन्द्रले जनाएको छ । साहलाई लिएर माओवादी केन्द्रका केन्द्रिय नेता मात्रिका यादव, राधेश्याम कुशवाह, केन्द्रिय सदस्य माया बल, रामचन्द्र सिङ कुशवाह, जिल्ला अध्यक्ष कमल बुडाथोकी, नेता भरत कुमार थापा, जवाहरलाल कुशवाह लगाएत काठमाण्डौ पुगेका थिए ।

माओवादी केन्द्रका नेता तथा बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको बिषेश पहलमा साह माओवादी केन्द्र प्रवेश गरेका पार्टीले जनाएको छ । यसले पार्टीमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने माओवादी केन्द्र सर्लाहीले जनाएको हो ।

यसै विच सांसद साहले पार्टी माध्यम भएको र आफ्नो उध्यश्य समाजको विकास भएको प्रतिकृया दिए । जसरी पनि नागरिकको जिवन स्तर उकास्नु पर्छ भनेर विगत देखिने आफु दिनरात लागिपरेको उन्ले बताए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।