Monday, March 20, 2023

जेष्ठ नागरिकलाई तिनै तहका सरकारले ब्यवास्ता गरे : अध्यक्ष मिकरानी

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

सर्लाही-जेष्ठ नागरिक जिल्ला संघ सर्लाहीका अध्यक्ष अब्दुल रहिम मिकरानीले जेष्ठ नागरिक प्रति तिनै तहका सरकार जिम्मेवार हुन नसकेको बताएका छन् ।

शनिवार १९ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा अध्यक्ष मिकरानीले यस्तो बताएका हुन् । रेडियो दर्शन ९१.५ मेगाहर्जले संचालन गरेको रेडियो कार्यक्रममा कुराकानी गर्दै उन्ले जेष्ठ नागरिकप्रति घर परिवार देखी तिनै तहका सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिए । पछिल्लो समय पश्चिमा सस्कृतिको अनुसरणले नेपाली समाज बिकृत बन्दै गएको उन्को भनाई छ ।

जेष्ठ नागरिक अनुभव र ज्ञानका खानी भएपनि त्यसको सदुपयोग गर्ने कुरामा संघ, प्रदेश सगैँ स्थानीय सरकार समेत चुकेको उन्को अनुभव छ । ‘जेष्ठ नागरिक प्रति तिनै तहको सरकारले गरेको ब्यवहार देख्दा दुखः लाग्छ ।’ उन्ले भने, ‘देश विदेश घुमेका बुझेमा नेताहरु नेतृत्वमा छन् । तर, समाजको मेरुदण्डको रुपमा रहेका जेष्ठ नागरिक प्रतिको ब्यवहार सारै दुख लाग्दो छ । उनीहरु जिवनको उत्तरार्धमा अलपत्र छन् ।’

नेपालको संविधान तथा स्थानीय सरकार संचालन ऐनले जेष्ठ नागरिक सम्बन्धी धेरै ब्यवस्था गरेको भएपनि कार्यन्वयन नभएको अध्यक्ष मिकरानीले गुनासो गरे । सरकारले दिने गरेको सामाजिक सुरक्षा भत्ता पाउन समेत उनीहरुका लागि ठुलो यूद्धमा होमिनु बराबर रहेको उन्ले सुनाए । ‘गाउँ गाउँमा सिहदरवार घर घरमा सरकार भन्छन् ।’ उन्ले भने, ‘त्यहि सरकार राम्रोसगँ हिडढुल गर्न नसक्ने उमेरमा जेष्ठ नागरिकलाई तिन तिन महिनामा घिसार्दै बैँकमा लाईन लाग्न पुर्याउन ।’

जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ब्यवस्था भिरको फल बराबर भएको उन्को तर्क छ । उनीहरुलाई घर घरमै गएर भत्ता वितरण गर्न नसक्नु स्थानीय जनप्रतिनिधिको असफलता भएको समेत उनी बताउछन् । तिनै जेष्ठ नागरिकको सुविधाका योजना आफ्नो चुनावी एजेण्डा बनाएर निर्वाचित भएका जनप्रतिनिधि नै अनेकन बहानामा जेष्ठ नागरिकलाई दुख दिने मनसायमा देखिने गरेको उन्को आरोप छ ।

‘एक आमा बुवाले अनेकन कष्ट र दुख भोगेर ४/५ भाई छोरा, २/३ बहिनी छोरी हुर्काउन पछिपरेन्न ।’ उन्ले भने, ‘तर त्यही ६/७ भाई छोरा छोरी आमा बुवालाई बृद्ध आश्रम पुर्याउन तछाडमछाड गर्दैछन् ।’ अध्यक्ष मिकरानीले बृद्ध आश्रम शब्द नै आफुलाई उपयूक्त नलागेको बताए । समाजका श्रेष्ठ समुहका नागरिक बस्ने ठाउँलाई अन्य कुनै सम्मानित शब्दले पुकार्नु पर्ने उन्को धारणा छ ।

जेष्ठ नागरिक प्रति समाजको दृष्टिकोण स्मरण गर्दै उन्ले समाजमा पढ्ने लेख्नेको संख्या बढे पनि शिक्षित र चेतनशिल नागरिक थोरै रहेको उन्को कथन छ । अध्यक्ष मिकरानीले जेष्ठ नागरिकहरुलाई परिवारमै स्थापित गर्न पहिलो प्राथमिक्ता दिनुपर्नेमा जोड दिए । त्यसो हुन नसकेका जेष्ठ नागरिहरुलाई सरकारले सुविधा सम्पन्न जेष्ठ नागरिक सेवा केन्द्र संचालन गरेर जिवनको उत्तरार्ध गर्वका साथ ब्यतित गर्ने बातावरण बनाउनु पर्ने उन्को भनाई छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।