Friday, March 31, 2023

प्रदेश स्तिरिय भलिबलको उपाधि धनुषाको पोल्टामा, लालबन्दी–१६, लाई वडाध्यक्ष कप

ताजा / भरखरै प्राप्त

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

सर्लाही–कालिन्जोर घारिबथानमा सम्पन्न प्रथम मधेश प्रदेश पुरुष भलिबलको उपाधि धनुषाले जितेको छ ।

शनिबार साँझ ईश्वरपुर नगरपालिका–१२, घारिबथानस्थित वडा कार्यालयको खेल मैदानमा भएको फाइनल भीडन्तमा सर्लाहीलाई ३–० को सोझो सेटमा पराजित गर्दै धनुषा बिजेता बनेको हो । जितसँगै धनुषाले एक लाख १ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । भने, उपबिजेता बनेको सर्लाहीले ७५ हजार, शिल्ड र मेडलमा चित्त बुझाएको छ ।

त्यस्तै, बारालाई ३–० को सोझो सेटमा पराजित गरी तेस्रो भएको महोत्तरीले २५ हजार सहित शिल्ड मेडल हात पार्यो । प्रतियोगिताको बिजेता, उपबिजेता, तेस्रो भएको टिम र उत्कृष्ट खेलाडीलाई ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य, कालिन्जोरका वडाध्यक्ष देविबहादुर खत्री, आयोजक कालिन्जोर युवा समूहका अध्यक्ष सुवास खड्का लगायतले सम्यूक्तरुपमा पुरस्कार वितरण गरे ।

जिल्लाको उत्तर पूर्वी चुरेभेगमा पर्ने कालिन्जोरका युवाले सहयोग संकलन गरेर पहिलो पटक प्रदेश स्तरिय भलिवल प्रतियोगिता सम्पन्न गरेका हुन् । प्रतियोगितामा प्रदेशका आठ वटै जिल्लाका टिम सहभागि भएका प्रतियोगिताको आर्थिक समितिका संयोजक भिम खड्काले जानकारी दिए ।

यसैविच लालबन्दीमा जारी वडाध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधि नगरपालिका–१६ परवानिपुरले हातपारेको छ ।

शनिबार सम्पन्न फाईनल खेलमा वडा नम्बर–६, लाई २–० गोलले पराजित गर्दै वडा नम्बर–१६ दोस्रो पटक च्याम्पियन बनेको हो । वडा नम्बर–१६, गत वर्ष लालबन्दी–१, नवलपुरमा सम्पन्न चौंँथो वडाध्यक्ष कपको डिफेन्डीङ च्याम्पियन समेत हो । यस पटक घरेलु मैदानमा भएको प्रतियोगिताको उपाधि समेत रक्ष ागर्न सफल भएको हो ।

विजयी वडा १६ नम्बरले टिमले ७० हजार नगद, कप, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । भने, उपबिजेता वडा नम्बर–६, ले ३५ हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगिताको बिजेता तथा उपबिजेता र उत्कृष्ट खेलाडीलाई लालबन्दी नगरपालिकाकी उपमेयर कल्पनामाया पाख्रिन, वडाध्यक्ष गणेशबहादुर थापा लगायतले पुरस्कार वितरण गरे ।

असोज ५ गते भब्य समारोहका विच सुरु भएको प्रतियोगितामा लालबन्दी नगरपालिका भित्रका १७ वटै वडा सहभागि भएका थिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।