Wednesday, March 29, 2023

हरिवनमा सम्पन्न भेट्रान्स फुटवल खेलको उपाधि पिप्लेको पोल्टामा

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

हरिवन-विजया दशमीको अवसर पारेर सर्लाहीको हरिवनमा आयोजित भेट्रान्स कपको उपाधि पिप्ले भेट्रान्सले जितेको छ ।

आईतवार सम्पन्न फाईनल खेलमा ट्राईबेकरबाट हरिवन भेट्रान्सलाई पाखा लगाउदै पिप्ले भेट्रान्सले उपाधि बापतको ५० हजार नगद र एउटा बोका हात पारेको हो । प्रतियोगिता अवधिभर दुबै तर्फबाट १–१ गोलको बराबरी भएपछि ट्राईबेकरबाट खेलको निर्णय लिईएको थियो । ट्राईब्रेकरमा रंजन सिन्दालीले गरेको पेनाल्टी प्रहार आकाशिय पछि हरिवन भेट्रान उपविजेतामा खुम्चियो ।

खेलको पहिलो हाफमा हरिवन भेट्रानका खेलाडि विनय बुडाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको अन्तिम सम्म सम्हालिएर खेल्न नसक्दा खेल १–१ को बराबरीमा पुगेको थियो । खेलको अतिरिक्त समयमा पिप्ले भेट्रानका खेलाडि सुनिल घिमिरेले गोल गर्दै टिमलाई खेलमा फर्काएका हुन् । घिमिरे म्यान अफद म्याच घोषित भए । घिमिरे पिप्ले यूवा क्लवका मुख्य प्रशिक्षक समेत हुन् ।

प्रतियोगिताको उपविजेता बनेको आयोजक हरिवन भेट्रानले नगद २५ हजार र एउटा बोका उपहार जितेको छ । गत शनिवारबाट सुरु भएको प्रतियोगितामा १ नम्बर, मधेश र बागमती गरेर तिन वटा प्रदेशका १० वटा भेट्रान्स टोली सहभागि भएका थिए । विजेता र उपविजेता दुवै टोलीलाई प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि संविधान सभा सदस्य नरेन्द्र साहले पुरस्कार राशी सहित शिल्ड, मेडल र प्रमाण–पत्र हस्तान्तरण गरे ।

हरिवन नगरपालिका–८, सनराईज बोर्डिङ स्कुलको खेल मैदानमा आयोजित प्रतियोगिताको उपाधि स्वर्गिय सिकिल देवीको संझनामा उन्का परिवारको तर्फबाट सौजन्य स्वरुप प्राप्त भएको आयोजकका सुशिल पाण्डेले जानकारी दिए । समापन समारोहमा हरिवन नगरपाकिका मेयर रमेश बुडाथोकी, हरिवन–८, का वडाध्यक्ष प्रज्वल ढुंगाना लगाएतको आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत राजकुमार थापा, समाजसेवी भरत कुमार कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष टंक क्षेत्रीलगायतको आतिथ्यता रहेको आयोजकले जनाएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।