Monday, March 20, 2023

जनताको चाहाना अनुसार उम्मेदवारी दियौँ : स्वतन्त्र उम्मेदवार खड्का र श्रेष्ठ

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

क्षितिज विश्वकर्मा, लालबन्दी–सर्लाही निर्वाचन क्षेत्र नम्बर १ का प्रदेश र प्रतिनिधि सभाका सदस्य उम्मेदवारले जनताको चाहाना अनुसार उम्मेदवारी दिएको दावी गरेका छन् ।

बिहिवार लालबन्दीको एक होटलमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिनिधि सभा सदस्यका उम्मेदवार निवर्तमान मेयर मान बहादुर खड्का र प्रदेश सभा सदस्य उम्मेदवार निवर्तमान वडाध्यक्ष राजन श्रेष्ठले जनताको चाहाना अनुसार नै स्वतन्त्र उम्मेदवारी दिएका थिए । दुवै जनाले उम्मेदवारी दर्ताकै अवस्थामा पार्टी परित्याग गरिसकेको समेत पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

खड्का २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट लालबन्दी नगरपालिको मेयरमा निर्वाचित भएका थिए । भने, श्रेष्ठ माओवादी केन्द्रबाट सोही नगरको वडा नम्बर ८ को वडाध्यक्षमा निर्वाचित भएका थिए । दुवै जनाले पार्टीले टिकट नदिएपछि रुष्ट भएर बागी उम्मेदवारी दिएका श्रोतले दावी छ । उनीहरुल पत्रकार सम्मेलन गर्दै आफुहरु जनताको उम्मेदवार बनेको बताए । पार्टीले टिकट नदिए पनि जनताको चाहाना र भावना अनुसार उम्मेदवारी दिएको उनीहरुको दावी छ ।

आफुहरुको उम्मेदवारीको कुरालाई लिएर विभिन्न संचार माध्यममा भ्रामक र कपोकल्पीत समाचार संप्रेषण भएको प्रति आपत्ति प्रकट गर्दछौ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार खड्काले भने, हामी पुर्ण स्वतन्त्र उम्मेदवार हौँ । हामीलाई कसैको प्रत्यक्ष वा परोक्ष कुनै समर्थन रहेको भनेर नाम जोडिएको कुरामा कुनै सत्यता छैन् । खड्काले क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य र श्रेष्ठले सोही क्षेत्रको (ख) बाट प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता गराएका हुन् ।

दुवैजनाले आफुहरुलाई केही नेताको ब्यक्तिगत स्वार्थको कारण जनभावना विपरित आफुहरुलाई टिकट नदिएको आरोप लगाएका छन् । स्थानीय मतदाता, बुद्धिजिवी, समाजसेवी लगाएतको सरसल्लाह बमोजिम स्वतन्त्र उम्मेदवारी दिएको उनीहरुले बताए । आफुहरु बिशुद्ध स्वतन्त्र उम्मेदवार भएको र विजयी भए पश्चात पनि स्वतन्त्र नै रहने प्रतिबद्धता ब्यक्त गरे ।

मंसिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार खड्काले पुतली चुनाव चिन्ह र प्रदेशसभाका उम्मेदवार श्रेष्ठले जेब्रा अर्थात बनघोडा चुनाव चिन्ह लिएर चुनावी प्रचारप्रशारमा जुटेका छन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।