Wednesday, March 29, 2023

‘नेपाली चलचित्र आफैमा उत्कृष्ठ छन् ’ : निर्देशक देसाई

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

फिल्म-भारतीय अभिनेता तथा निर्देशक विशाल देसाईले नेपाली चलचित्र ‘सायरा’ निर्देशन गर्दै हुनहुन्छ । ‘मास्टर विट्टू’ उपनामले परिचित देसाईले बालकलाकारको रुपमा धेरै चलचित्रमा काम गर्नु भएको छ । उहाँलाई चुपके चुपके, अपनापन, अम्बर अकबर एन्थोनी लगायतका फिल्मको अभिनेता भनेर चिनिन्छ । उहाँको निर्देशन रहने चलचित्रलाई नेपालको डीबीआर मिडिया एण्ड मुभिज प्रा.लि., भारतको भिजेलब्वाई प्रोडक्सन र अस्ट्रेलियाको आइविल प्रोडक्सन कम्पनिले संयुक्त रुपमा निर्माण गर्दैछ । पहिलोपटक नेपाल आइपुग्नु भएको निर्देशक देसाईलाई यहाँसम्म नेपाली चलचित्रको गुणस्तरीयता र सुन्दरताले तानेको बताउनुहुन्छ । भारतमै पनि पछिल्लो समय प्रान्तीय चलचित्रहरुको लोकप्रियता बढिरहेको हुँदा नेपाली र हिन्दी भाषामा चलचित्र बनाएर विश्वभर प्रदर्शन गर्ने योजना उहाँको छ । नेपाल आएपछि उहाँलाई यहाँको चलचित्रकर्मी र बासिन्दा अझैँ सुन्दर लाग्यो । उहाँले पशुपतिनाथको दर्शन गर्नुभयो । चन्द्रागिरी हिल्स घुम्नुभयो ।स्वदेश भारत फर्किदासम्म उहाँले सुन्दर यादहरु संगाल्नु भएको छ । नेपाली चलचित्रलाई नजिकबाट बुझ्ने मौका पाउनु भएको छ । उहाँले नेपालको बसाई र चलचित्रसँग सम्बन्धित रहेर संवाद गर्नुभएको छ ।

नेपाल बसाई कस्तो रह्यो ?
निकै सुन्दर । मलाई विदेशमा छु भन्ने अनुभूति नै भएन । किनकी हाम्रो संस्कृति झैँ खाना पनि मिल्छ । हामी नजिकै छौँ । यहाँ नेपाल आउँदा पाएको सत्कारले म पहिले किन नेपाल आइन् भन्ने लागेको छ । अब नेपाली चलचित्र निर्देशन गर्दैछु । नेपाल आउने जाने क्रम बढ्छ । फर्किदा यादहरु लिएर फर्किदै छु ।

कस्तो लाग्यो नेपाल ?
म काठमाडौं आसपासमा मात्र घुमे । अर्को पटक आउँदा पोखरा , लुम्बिनी घुम्ने योजना बनाएको छु । किनकी यहाँको सुन्दरता र सरलताले मलाई निकै प्रभावित बनाएको छ । विशेषत यसपटक आउँदा पशुपतिनाथको दर्शन गर्न पाए । मेरो घरमा आमा शिवभक्त हुनहुन्छ । उहाँले पशुपतिनाथको जसरि पनि दर्शन गर्नु भन्नुहुन्थ्यो । मैले मन्दिर पुगेर दर्शन गरेको फोटो पठाउँदा उहाँ निकै हर्षित हुनुभयो । उहाँ फ्लाइटमा कम्फर्ट महसुश गर्नुहुन्न । यद्दपि उहाँ पनि यहाँ आउन चाहनुहुन्छ । साथै मलाई नेपाली थकाली खाना निकै मन पर्यो । यो स्वादले मलाई पारखी बनाएको छ । म अन्य ठाउँमा पुग्दा पनि थकाली अवश्य खानेछु ।

यस अगाडी नेपाल र यहाँको चलचित्रको बारेमा कत्तिको जानकार हुनुहुन्थ्यो ?
नेपालको बारेमा थाहा थियो । तर नेपाली चलचित्रसँग म साक्षात्कार थिइन् । मलाई निर्माता पुस्कर झाले केहि नेपाली चलचित्रको ट्रेलर देखाएपछि नै निर्देशन गर्न तयार भएको हुँ । यहाँको मेकिङ र सुन्दरताले मलाई छाप छोड्न सफल भयो । हाम्रो एउटा प्रयाश पनि हो सायरा । यसलाई नेपाली र हिन्दी भाषामा प्रदर्शन गर्नेछौँ । यसले नेपाली चलचित्रलाई अन्तराष्ट्रियबजारमा पुग्न मदत गर्छ भन्नेमा विश्वत छु ।

भारतमा बनिरहेका भन्दा फरक के पाउनु भयो यहाँको चलचित्रमा ?
मैले जति क्लिप , भिडियो हेरेको छु । त्यसले पनि म भन्न सक्छु आउँदो समयमा नेपाली चलचित्रले धेरै राम्रो गर्छ । किनकी भारतमै १० वर्ष अगाडी फर्किनु भयो भने तामिल , तेलुगु , कन्नडा चलचित्र गुमनाम झैँ थिएँ । अहिले पनि मलयालम चलचित्र माथि आउन कोसिश नै गरिरहेको छ । कन्नडा चलचित्रमा केजिएफ भन्दा अन्य नाम अहिले पनि दर्शकले सम्झिन सक्नुहुन्न । त्यसैले बजार पाएपछि कन्टेन गतिलो छ भने लोकप्रियता बढ्छ । यहाँको लोकेशन विश्वका अन्य दर्शकलाई फ्रेश लाग्न सक्छ । हामीले भिएफएक्सले पुरा गर्ने दृश्य यहाँ नेचुरल रुपमै पाइन्छ । त्यसैले हामीले नेपाली र हिन्दी भाषा मार्फत यहाँको चलचित्रलाई ओटीटी वा भारतका हलमा मात्र लान सक्यौ भने त्यो बजार विस्तारका लागि राम्रो हुनेछ । मैले केहि ओटीटी कम्पनिलाई नेपाली फिल्मको ट्रेलर देखाउँदा उहाँहरु पनि इच्छुक पाएँ ।

नेपाली चलचित्र निर्देशन गर्न किन तयार हुनुभएको हो ?
मैले भारतमा विज्ञापनहरु बनाउने गर्छु । त्यो हिन्दी मात्र नभई विभिन्न प्रान्तीय भाषामा समेत हुन्छ । नेपाली चलचित्रको प्रोमो हेरेपछि म निर्देशनको लागि तयार थिएँ । तर , सायरा नै निर्देशन गर्ने निर्णय लिनुको कारण यसको कथा नै हो । मलाई प्रस्तुतकर्ता रघु परियार र निर्माता पुस्कर झाले सुनाउनु भएको कथाले पनि यसमा निर्देशक बन्न तयार गरेको हो ।

छायांकनको समयमा भाषाले समस्या निम्त्याउन सक्छ । समधान के खोज्नु भएको छ ?
यो चलचित्रमा नेपाल र भारतको संयुक्त कास्ट एण्ड क्रिउ हुनुहुनेछ । हामीसँग मुख्य सहायक निर्देशक नेपालकै हुनहुन्छ । जसले मलाई सहज हुनेछ । साथै हामीसँग काम गर्ने प्राय कलाकारलाई हिन्दी आउँछ । यसले पनि मलाई सहज हुन्छ । म केहि दिन नेपाल बस्दा नै केहि शब्दहरु जानिसके । यो फिल्मले मलाई नेपाली पूर्ण रुपमा सिकाउछ भन्नेमा विश्वस्त छु ।

चलचित्रलाई दुवै भाषामा खिच्नु हुन्छ कि कुनै एकमा खिचेर डबिङ गर्ने सोच छ ?
हामीले यसबारे निर्णय लिएका छैनौँ । हामी यसलाई नेपालीमा खिचेर हिन्दीमा डबिङ गर्ने सोचमा छौँ । तर अब केहि प्रतिशत हिन्दी भाषामै समेत खिच्ने सोच बनाएको छु । यद्दपि यस विषयमा निर्णय लिन अझैँ बाँकी छ । हामी ओटीटी कम्पनिहरुसँग पनि सल्लाह गरिरहेका छौँ । यसबारे अर्को भेटमा आफ्नो निर्णय पक्कै बताउने छु ।

बलिउडको कुरा गर्दा केहि समय यता अप्ठ्यारो परिरहेको छ नी ?
हो , केहि समय यता बलिउडका चलचित्रहरु चलिरहेका छैनन् । यो एउटा समय हो । कोरोना महामारी पश्चात दर्शकहरु ओटीटीमा बढी सक्रिय हुनुभएको छ । जुन समयमा भिसिआर , सिडी , डिभिडीहरु भित्रिएका थिएँ । त्यतिबेला पनि यस्तै समयको सामना गर्नु परेको थियो । यो ओटीटीको समय पनि छिटै सकिन्छ । किनकी दर्शकले हलमा पाउने मनोरञ्जन सानो पर्दा वा मोबाईलमा पाउनु हुन्छ भन्ने मलाई लाग्दैन । अहिले चलिरहेको ब्रह्मास्त्रले दर्शकलाई हलसम्म ल्यायो । आउँदो केहि चलचित्रहरुबाट पनि म आशावादी छु । पछिल्ला केहि फिल्महरु राम्रो बन्न पनि सकेका थिएनन् । अब विस्तारै राम्रो हुन्छ भन्ने लागेको छ ।

ओटीटीले मात्र अप्ठ्यारो पारिरहेको हो ?
ओटीटी मात्र नभई चलचित्र राम्रो बन्न नसक्नु पनि हो । तर अब हल पुग्ने केहि दर्शकलाई ओटीटी प्रदायकले रोकेका छन् । जस्तै मेरो ड्राइभरले छुट्टीमा चलचित्र हेर्ने गरेको मलाई थाहा छ । तर केहि समय यता उहाँ फ्री समयमा मोबाईलमै फिल्म हेर्नु हुन्छ । हलमा प्रदर्शन भएको आठ हप्ता पश्चात अधिकाँस चलचित्रहरु डिजिटल रिलिज हुने हुँदा पनि फुर्सदको समयलाई दर्शकले हलमा खर्चेका छैनन् जस्तो लाग्छ । पछिल्लो समय तपाई कसैलाई पर्खिरहनु भएको छ भने पनि मोबाईलमा ओटीटीमा रहेका चलचित्रहरु हेर्न सक्नु हुन्छ । टिभी , ल्यापटप भन्दा मोबाईलमा बढी दर्शक जोडिनु भएको छ ।

बलिउडमा ‘प्रोजेक्ट मेकिङ’ कसरी गरिन्छ ?
त्यस्तो फरक छैन । जसरि यहाँ मेकिङ हुन्छ , त्यस्तै हो । बलिउडमा कथा तयार भएपछि हामीले स्टार कलाकारलाई सुनाउछौँ । जस्तै , सलमान खान, शाहरुख खान, अक्षय कुमार, अमिताभ बच्चन जस्ता कलाकारहरु तयार हुनुभयो भने लगानीकर्ता सजिलै पाइन्छ । स्टारको भ्यालु अनुसार नै हामीले लगानी जुटाउन सक्छौँ । त्यसपछि टिम तयार हुन्छ । हरेक डिपार्टको हेडले आ–आफ्नो जिम्मेवारी पुरा गर्नु हुन्छ । हामीले सबैसँग गरेको सम्झौता अनुसार कामलाई अगाडी बढाउछौँ ।

अन्य चलचित्रहरु गर्ने पनि केहि कुराकानी भएको छ ?
सायरा अगाडी अन्य चलचित्र गर्ने सोच छैन । यो बनेर प्रदर्शन नहुँदासम्म म म्युजिक भिडियोहरु गर्छु तर चलचित्र गर्दिन् । किनकी यसपछि मलाई नेपालीसँगै अन्य भाषाको फिल्म गर्ने बारे पनि आइडिया हुन्छ । निर्देशक भएपछि धेरै पक्षको जिम्मेवार बन्नु पर्ने भएकोले पनि अहिले यसमै केन्द्रीत छु । अक्टोबर अन्तिमबाट यसलाई अस्ट्रेलियामा छायांकन गर्ने तयारीमा छौँ । आउँदो वर्ष सन् २०२३ मा यो रिलिज पनि हुन्छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।