Tuesday, March 28, 2023

लालबन्दीमा सरसफाई तथा रक्तदान शिविर सम्पन्न

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

लालबन्दी–सर्लाहीको लालबन्दीमा सरसफाई तथा रक्तदान शिविर सम्पन्न गरिएको छ ।

६७ औँ प्रहरी दिवसको अवसर पारेर शनिवार लालबन्दी नगरपालिका–७, स्थित पुर्व पश्चिम राजमार्ग सगैँ रहेको ढुमढुमे मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा लालबन्दी जेसिज र मेची महाकारी बुहारी समुहका पदाधिकारी र प्रतिनिधिहरुको समेत सहभागिता रहेको ईलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको हो ।

प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी सहित सम्पुर्ण प्रहरी यूनिटहरुले विभिन्न कार्यक्रमहरु गरेका छन् । २९, ३० र ३१ गते तिन दिन सम्म सन्चालन हुने कार्यक्रममा बृक्षारोपण, सचेता मुलक र्याली लगाएतका गतिविधि गरिने जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो । ईलाका प्रहरी कार्यलय लालबन्दीका निमित्त प्रमुख बरिष्ठ सई जितेन्द्र प्रसाद चौधरीको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यस्तै सर्लाहीको लालबन्दीमा रक्तदान शिविर संचालित भईरहेको छ ।

लालबन्दी नगरपालिका–७, मा दुई वटै लायन्स क्लवको सम्युक्त आयोजनामा रक्तदान शिविर संचालन भईरहेको हो । लायन्स क्लव लालबन्दी सेन्चुरी र लायन्स क्लव लालबन्दी सिटिको सम्युक्त शिविरमा यो समाचार तयार गर्दा सम्म ५० जना भन्दा धेरैले रक्त दान गरेका आयोजकले जनाएको हो ।

क्लवले रक्तसंचार केन्द्र जनकपुर र मातहतका कार्यलयहरुमा रगतको अभाव हुन नदिन नियमित रगत संकलन शिविर संचालन गर्ने गरेको छ । क्लवले बार्षिक क्यालेन्डरमै उल्लेख गरेर शिविर संचालन गर्ने गरेको क्लवका पुर्वअध्यक्ष सन्तोष पौडेलले जानकारी दिए ।

शिविरमा नगरका जनप्रतिनिधि लगाएत स्थानीयको सहभागिता रहको क्लवले जनाएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।