Wednesday, March 29, 2023

गाउँकौ स्कुलमा प्लस टु पढ्ने चन्द्रनगर कामदका बिध्यार्थीको १५ वर्ष देखिको सपना पुरा

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

चन्द्रनगर–सर्लाहीको चन्द्रनगर गाउँपालिकाका स्थित कामदका बिध्यार्थीहरुको गाउँकै बिध्यालयमा १२ कक्षा सम्म पढ्ने सपना पुराहुने भएको छ ।

गाउँपालिकाका अध्यक्ष राज कुमार महतोको अथक प्रयास पछि विगत १५ बर्ष देखीको सपना पुराहुन लागेको स्थानीयले बताए । गाउँमा १० कक्षा सम्मको मात्र बिध्यालय हुदा उक्त गाउँपालिकाको वडा नम्बर ६ र ७ का बिध्यार्थी ११ र १२ कक्षा पढ्न गाउँबाट निकै टाडाको बिध्यालय धाउन बाध्य थिए । यसरी टाडाको स्कुल जानु पर्ने भएपछि धेरैले पढाई बिचमै छाड्ने गरेका स्थानीयको कथन छ ।

गाउँमै ११ र १२ कक्षा समेत संचालन हुने भएपछि स्थानीय हर्षित भएका छन् । ‘अब हाम्रो गाउँमा पनि पढेक मान्छेको धेरै हुने भए ।’ स्थानीय राम चरन माझीले भने, ‘यस पहिला गाउँबाट निकै टाडा पढन जानु पर्ने बाध्यता थियो । त्यसले गर्दा धेरै अभिभावकले आफ्ना बालबालिकालाई स्कुल नपठाउने गरेका थिए । अब गाउँमै स्कुल खुले पछि ११, १२ सम्म त पढाउनै पर्यो ।’

गाउँपालिकाको ६ नम्बर वडामा रहेको श्री मरिचीमान माध्यमिक विधालयमा प्लस टु अर्थात कक्षा ११ र १२ को अध्यापन शुरु गरिने भएको हो । यस बिध्यालयमा यस पहिला १० कक्षा सम्म मात्र पढाई हुदै आएको थियो । २०६४ साल देखि गाउँको बिध्यालयमा तत्कालिन उच्च शिक्षा अर्थात १० प्लस टु संचालन गर्ने प्रयास गरेको अभिभावकहरुको भनाई छ ।

यस पहिलाका जनप्रतिनिधिलाई समेत कक्षा ११ र १२ संचालनको लागि पहल गरिदिन आग्रह गरिएको भएपनि अहिले आएर सपना पुरा भएको स्थानीय अभिभावक मन्जुु सिंहले बताईन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन पछि गाउँपालिकामा अध्यक्ष राज कुमार महतोको नेतृत्वमा जनप्रतिनिधि आएका थिए ।

यस बिध्यालयमा कक्षा ११ र १२ संचालनको पहिलो काम लिएर अगाडि बढेका प्रतिनिधिले सफलता प्राप्त गरेका गाउँपालिकाले जनाएको हो । यसरी गाउँकौ बिध्यालयमा अध्यापन ११ र १२ पढन पाउने बातावरणले पालिकाको शैक्षिक स्थर उकास्न मद्त पुग्ने स्थानीयको अपेक्षा छ । गाउँपालिकाले यस पहिलानै १२ कक्षा सम्म अध्यन गरेर विवाह गर्ने यूवतीलाई विमा रकम उपलब्द गराउने ब्यवस्था समेत घोषणा गरिसकेको छ ।

गाउँमा रहेका बिध्यालयको स्तरउन्नती गर्दै कक्षा १२ सम्मको अध्यन गराउने बिषयलाई गाउँपालिका अध्यक्ष महतोले उच्च प्राथमिकतामा राखेका थिए । उक्त प्रक्रिया पुरागर्न निकै असहयोग भएको पालिका प्रमुख महतोले गुनासो गरे ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।