Monday, March 20, 2023

बागमती बचत तथा ऋण सहकारीको चौँथो बार्षिक साधारण सभा सम्पन्न

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

बागमती–बागमती बचत तथा ऋण सहकारी संस्था लि.ले चौँथो बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सोमबार बागमती नगरपालिका–४, जिरायत बजार प्रांगणमा एक कार्यक्रमको आयोजना गरी संस्थाले साधारण सभा सम्पन्न गरेको हो । बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको सहकारी संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष बाशु खड्काले जानकारी दिए ।

संस्थाका पदाधिकारीहरुले आर्थिक र प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको लेखा परिक्षण प्रतिबेदन अनुसार आर्थिक बर्ष २०७८÷०७९ मा ११ करोड २७ लाख ६३ हजार ८ सय ९६ रुपैया बराबरको संस्थाले कारोवार गरेको छ । त्यसबाट ३ लाख १६ हजार ९ सय ८१ रुपैया बराबरको खुद मुनाफा आर्जन गरेको संस्थाका ब्यवस्थापक देव कृष्ण खड्काले जानकारी दिए ।

कार्यक्रममा बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तान, जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे र जवाहरलाल कुशवाहको बिशिष्ठ आतिथ्यता रहको थियो । बागमती नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष टेक बहादुर बल, वडा नम्बर ३ का वडाध्यक्ष तिलक मोक्तान, ४ नम्बरका वडाध्यक्ष कृष्ण बहादुर लामा, ७ नम्बरका वडाध्यक्ष दुर्गा बहादुर हेन्जन, ११ नम्बर वडाध्यक्ष प्रदिप आचार्य लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेफस्कुन हरिवनका प्रतिनिधि महेश बराल, कर्मैया खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हरिराम काफ्ले, नमुना जनता मावि सोल्टीका बिध्याले ब्यवस्थापन समिति अध्यक्ष कुमार तुम्सिङ, नव जनजागरण मावि राजघाटका बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष बिर बहादुर खड्का, कमैया आदर्श क्याम्पसका ब्यवस्थापन समिति अध्यक्ष हरि प्रसाद पुडासैनी लगाएतको समेत आतिथ्यता रहेको संस्थाले जनाएको हो ।

बागमती नगरपालिका–११, मा मुख्य कार्यलय रहेको यस सहकारी संस्थाले नगरको बागमती, मिलनचोक, धरहरा, शंकरपुर र खाल्टेमा समेत सेवा केन्द्र संचालन गरेर शेयर सदस्यहरुलाई बित्तिय सेवा प्रदान गर्दै आईरहेको छ । संस्थामा ६ हजार ६ सय २५ महिला र ३ हजार ६ सय ९१ पुरुष गरी कुल १० हजार ३ सय १६ जना शेयर सदस्यहरु आवद्ध छन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।