Monday, March 20, 2023

चौँथो राजघाट कप फुटवल : मुर्तिया युवा क्लवको विजयी सुरुवात

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

बागमती– सर्लाहीको बागमती नगरपालिका स्थित राजघाटमा जारी प्रदेश स्तिरीय चौँथो राजघाट कप फुटवलमा मुर्तिया युवा क्लवले विजयी सुरुवात गरेको छ ।

मंगलवार सम्पन्न उदघाटन खेलमा बाराको चिसापानी युवा क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै सर्लाहीको मुर्तियाले विजयी सुरुवात गरेको हो । खेलको पहिलो हाफमा मुर्तिया युवा क्लवको तर्फबाट पहिलो गोल भएको थियो । पहिलो हाफमा १–० ले अग्रता कायम गरेको मुर्तियाको लागि दोस्रो हाफमा भएको गोल जितका लागि निर्णयक बन्यो ।

खेलको दोस्रो हाफमा १ गोल गरेपनि थप गोल गर्न नसक्दा बाराको चिसापानी युवा क्लव खेलमा फर्कन सकेन । र अन्तत २–१ गोल अन्तरले पराजित हुन पुग्यो । प्रतियोगितामा दुवै टोली निकै कडा प्रतिस्पर्धामा देखिएका थिए । यस्तै मंगलवारको प्रतियोगिताको म्यान अफ दि म्याच चिसापानी युवा क्लवका गोल किप्पर रविन बस्नेत घोषित हुदै पुरस्कार प्रप्त गर्न सफल भए ।

यस्तै बुधवारको प्रतियोगितामा दुईवटा खेल हुने भएको छ । पहिलो खेलमा दिउसो १ बजे झम्कोश्वरी युवा क्लव रौतहट र आयोजक समाजसेवा युवा क्लव विच प्रतिस्पर्धा हुने भएको छ । भने, दोस्रो खेलमा दिउसो ३ बजे योङ ब्वईज युवा क्लव र लालबन्दी–११ बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको हो ।

प्रतियोगिता बागमती नगरपालिका–६, लालबहादुर टोल खेल मैदान राजघाटमा संचालन भईरहेको हो । प्रतियोगिताको मंगलवार बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानले उदघाटन गरेकी थिईन् । खेलको माध्यमबाट राजघाटको पहिचान देश विदेश सम्म फैलाउने र स्थानीय युवाहरुलाई खेल प्रति आकर्षित गर्न बर्षेनी प्रतियोगिता आयोजना गर्दै आएको क्लवका अध्यक्ष कृष्ण वाईबाले बताए ।

प्रतियोगितामा सर्लाही सहित रौतहट, बारा र धनुषाका समेत गरी १६ वटा टिमले भाग लिएका छन् । कात्तिक १४ गते फाईनल हुने खेलका विजेताले १ लाख १ हजार १ सय १ रुपैया र उपबिजेता टोलीले ५१ हजार १ सय ५१ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक क्लवले जनाएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।