Wednesday, March 29, 2023

प्रहरीले फाईल अदालतमा बुझायो, कमेडियन अपूर्व फेरि थुनामा

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

नेवारी संस्कृतिमाथि स्ट्यान्डअप कमेडी गरेर विवादमा तानिएका अपूर्व क्षितिज सिंहलाई फेरी थुनामा राखिएको छ ।

पेसाले चार्टर्ड एकाउन्टेन्ट र सोखले कमेडियन अपूर्व क्षितिज सिंहलाई केही दिन छाडेर प्रहरीले फेरि हिरासतमा लिएको हो । नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्डअप कमेडीविरुद्ध उजुरीका कारण अपूर्व दसैंअघि नै १२ दिन थुनामा परिसकेका थिए । चार वर्षदेखि धेरै पटक धेरै ठाउँमा नेवार साथीहरूकै माझमा देखाएको स्ट्यान्डअप कमेडीको भिडियो युट्युबमा सार्वजनिक भएपछि उनी विवादमा आएका थिए ।

नेवार संस्कृति अभियन्ताहरुले आपत्ति व्यक्त गरेपछि उनले तत्काल माफी माग्दै भिडियो हटाएका थिए । माफी मागेको भिडियो युट्युबमा अपलोड गरेपछि अभियन्ता र प्रहरीले क्षमा देलान् भनेर प्रहरी वृत्त टेकु पुगेका उनलाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको थियो । पटक पटक माफी माग्दा समेत अभद्र व्यवहार गरेको देखि साम्प्रदायिक सद्भावमा खलल परेका लगायत आरोपमा उनी माथि दर्ज बढी उजुरी दर्ता भएको छ ।

१२ दिनसम्म निवेदकहरूलाई हात जोड्दा पनि छोरालाई छुटाउन नसकेको उन्का बुवा जयशंकर सिहले गुनासो गरे । थुनामै रहँदा कोभिड संक्रमण भएपछि प्रहरीले हाजिरी जमानीमा छाडिदिएको थियो । त्यतिखेर अपूर्व र बाबु दुवैलाई अब मुद्दा सामसुम भयो भन्ने लागेको थियो । हाजिर जमानीमा छुटे पनि अपूर्वलाई प्रहरी चौकीमा रहेको फाइलले तनाव दिई नै रहेको पारिवारी श्रोतको भनाई छ ।

मुद्दा टुंगो लगाउन बाबु जयशंकर सहित मंगलबार प्रहरीकहाँ पुगेका अपूर्वलाई प्रहरीले पुनः थुनामा राखेको हो । जानेबित्तिकै जिल्ला सरकारी वकिलले अपूर्वको मुद्दामा जिल्ला अदालतबाट पक्राउ पुर्जीको म्याद थप गर्न लगाएको र प्रहरीले उनलाई हिरासतमा लिएको बुबा जयशंकरले बताए । फेरि हतकडी लगाउने पुरानै हालतमा छोरा पुगेपछि न्याय संयन्त्रमै जयशंकरको मनमा शंका बढेको छ ।

नेवार समुदायका सयौं युवायुवतीले नै अपूर्वको शीघ्र रिहाइको अपिल गर्दै उनको युट्युब भिडियोमा प्रतिक्रिया दिएका छन् । अपूर्वमाथिको कारबाहीलाई प्रहरीले भने सामान्य प्रक्रिया भनेको छ । प्रहरीले मुद्दा चलाउने रायसहित मंगलबार सरकारी वकिलको कार्यालयमा अपूर्वको फाइल बुझाएको छ । अब मुद्दाको प्रकृति हेरी केही फाइल सीडीओ कार्यालयमा र केही जिल्ला अदालतमा पेस गरिने भएको छ । त्यतिन्जेल अपुर्व भने हिरासतमै रहने प्रहरीले जनाएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।