Friday, March 31, 2023

कर्मचारी माथि गोली प्रहार गरी सगुन सहकारीको बागमती सेवा केन्द्रमा लुटपाट

ताजा / भरखरै प्राप्त

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित मिलनचोकमा रहेको सगुन सहकारीको सेवा केन्द्रमा लुटेरा समुह द्वारा गोली प्रहर गरी लुटपाट गरेको छ ।

बुधवार बिहान १० बजेको समयमा बागमती नगरपालिका–१, मिलनचोकमा रहेको सगुन सहकारी संस्थाको सेवा केन्द्रमा लुटपाट भएको हो । अज्ञात समुहले केन्द्रमा काम गर्ने लालबन्दी–२, जुटपानी निवासी३० बर्षका साजन कार्कीलाई गोली प्रहार गरेर लुटपाट गरेको सगुन सहकारी संस्था मुख्य कार्यलय हरिवनले जनाएको छ ।

घटनामा लुटेरा समुहले चलाएको बन्दुकबाट कार्कीलाई ४ गोली लागेको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । लुटेरा समुहले चलाएको गोली कार्कीको पाखुरा, तिघ्रा, कुम र कोखामा लागेको हो । गोली लागेका कार्कीलाई हरिवन स्थित सरस्वती अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौ लैजाने प्रयास भईरहेको छ ।

तिनजनाको समुहमा आएका लुटेरा समुहले कार्की माथि बिहान कार्यलय खोल्ने बित्तिकै आक्रमण गरेका घाईतेलाई उधृत गर्दै सहकारीका दिनेश श्रेष्ठले बताए । उनीहरुले बिहान कार्यलय खोले पछि आक्रमण गरेछन् । उन्ले घाईतेलाई उदृत गर्दै भने, तर हामीले मुख्य कार्यलयबाट ब्यागमा लगेको पैसा ड्रएरमा खन्याउने गरेका छौ । त्यसले गर्दा उनीहरुले गोली चलाउदै ब्याग तानेर भागेछन् पैसा लैजान पाएको छैन् भन्ने बुझेका छौँ ।

उनीहरुले केही दिन देखी उक्त शाखामा कार्यरत कार्कीको निगरानी आउने र जाने समय र उन्ले बोक्ने गरेको ब्याग समेतको निगरानी गरिरहेको समेत खुलेको छ । मंगलवार मात्र पनि लुटेरा समुह सोही कार्यलय आसपास घुमिरहेका देखिएको छ । घटना लगतै लुटेरा समुह भने भारतिय नम्बर भएको मोटरसाईकलमा फरार भएका छन् ।

उनीहरुको खोजी भईरहेको र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । मुख्य कार्यलय हरिवनमा रहको सगुन सहकारी संस्थाले बागमतीको मिलनचोकमा सेवा कार्यलय संचालन गरेर शेयर सदस्यहरुलाई बित्तिय सेवा प्रवाह गर्दै आईरहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।