Wednesday, March 29, 2023

हरिपुर्वा नगरपालिकालाई नगर सभा स्थगित गरी स्पष्टीकरण पेस गर्न निर्वाचन आयोगको निर्देशन

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

सर्लाही–सर्लाहीको हरिपूर्वा नगरपालिकालाई बिषेश नगरसभा आयोजना गर्नुपरेको कारणबारे दुई दिन भित्र स्पष्टिकर पेसगर्न आयोगले निर्देशन दिएको छ ।

मंगलावार निर्वाचन आयोगले पत्र लेखेर नगर प्रमुख र प्रशासकीय अधिकृतलाई विशेष नगरसभा स्थगित गरी दुई दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो । नगरपालिकाले यस पहिला असोज १२ गते बिषेश नगर सभा बोलाएको थियो । तर, गणपुरक संख्या नपुगे पछि कात्तिक २ अर्थात बुधवारलाई बिषेश नगर सभा आह्वान गरेको थियो ।

निर्वाचन आचार सहित बिपरित बिषेश नगर सभा आह्वान गरेको भन्दै जनता समाजवादी पार्टी(जसपा)ले आयोगमा उजुरी दर्ता गराएको आयोगले जनाएको हो । सोही उजुरी अनुसार प्रतिनिधि र प्रदेश सभा निर्वाचनका कारण जारी निर्वाचन आचार संहिता विपरित नगर सभा आह्वान गर्नु परेको कारण खुल्ने गरी स्पष्टिकरण पेस गर्न निर्देशन दिएको हो ।

नगर प्रमुख बिनेद कुमार साहले निर्वाचन आयोगबाट पत्र आएको बताए । नगर प्रमुख र प्रशासकिय प्रमुखले जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यलयमा गएर स्पष्टिकरण पेस गर्न सक्ने जिल्ला निर्वाचन कार्यलय सर्लाहीले जनाएको छ । आयोगले पत्रमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको अवस्था नपरी आयोगको सहमति बेगर नीति तथा योजना ल्याउन नमिल्ने स्मरण समेत गराएको छ ।

आयोगले स्पष्ट सगँ कात्तिक २ अर्थात (आज) बुधवारको लागि तय गरिएको बिषेश नगर सभा स्थगित गर्न निर्देशन दिएको हो । ‘नेपालको संविधानबमोजिम स्थानीय तहको कार्यकारिणी अधिकार नगरकार्यपालिकाले र व्यवस्थापकीय अधिकार नगरसभाले गर्ने विषयमा कुनै दुईमत छैन । यद्यपी निर्वाचनको सम्मुखमा विशेष अधिवेशन बोलाई नयाँ नीतिगत निर्णय गर्नु निर्वाचन आचारसंहिताको अनुकूल हुँदैन,’ स्पष्टीकरणपत्रमा भनिएको छ ।

यसैविच नगर कार्यपालिकामा रहेका फरक फरक पार्टीका निर्वाचित प्रतिनिधिहरु विच तालमेल नहुदा हरिपुर्वा नगरको सभा अझै हुन सकेको छैन् । नगर सभा सम्पन्न नहुदा नगरको सम्पुर्ण काम कावार्ही समेत प्रभावित भएको छ । नगरको आर्थिक कारोवार ठप्प हुदा कर्मचारी, शिक्षक लगाएतले दशै जस्तो चाडमा समेत तलव पाउन सकेन्न ।

तिन महिना देखी तलव भत्ता नपाएको र निर्वाचन अगाडि पाउने सम्भावना न्युन भएको भन्दै उनीहरु तिन दिन यता बिध्यालय बन्द गरेर नगर पालिका कार्यलयमा धर्नामा बसेका छन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।