Monday, March 20, 2023

चौँथो राजघाट कप फुटवल : लालबन्दी–११ र रौतहट विजयी

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

बागमती– राजघाटमा जारी प्रदेश स्तिरीय चौँथो राजघाट कप फुटवलमा लालबन्दी–११ र रौतहटको झम्केश्वरी क्लव विजयी भएको छ ।

बुधवार सर्लाहीको बागमती–६, लालबहादुर टोल खेल मैदानमा सम्पन्न दुई वटा प्रतियोगितामा लालबन्दी–११ र रौतहटको झम्केश्वरी युवा क्लव विजयी भएको छ । प्रतियोगिता अन्तरगतको पहिलो खेलमा आयोजक समाज सेवा युवा क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै झम्केश्वरी विजयी भएको हो ।

झम्केश्वरीका लागि बिशाल घलानले ब्यक्तिगत दुई गोल गरेका आयोजकले जनाएको हो । घलानको गोलबाट पहिलो हाफमा १–० को अग्रता बनाएको झम्केश्वरीले खेलको दोस्रो हाफमा ब्यक्तिगत दोस्रो गोल गर्न सफल भए । भने, आयाजक समाज सेवाले निकै राम्रो खेल प्रदर्शन गरेपनि गोलगर्न भने सकेन ।

यस प्रतियोगिताको म्यान आफ दि म्याच घोषित हुदै रौतहटका बिशाल घलानले ट्रफि चुमे ।

यस्तै प्रतियोगिता अन्तरगतको दोस्रो खेलमा लालबन्दी लक्कि सावित भएको छ । खेल अवधी र ट्राईब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिईएको थियो । सडन डेथमा ६–५ गोल अन्तरको जित निकाल्दै लालबन्दी–११, विजयी भएको हो ।

प्रतियोगिताको पहिलो हाफ सम्म लालबन्दी–११, १–० को अगाडि बनेको थियो । दोस्रो हाफमा बराबरी गोल गर्दै योङ ब्वईज युवा क्लवले खेलमा पुनरागमन गरेको थियो । खेल अवधि भरी दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । त्यसमा समेत बराबरी गोल भएपछि सडन डेथमा लालबन्दी भाग्यमानी सावित भएको हो ।

प्रतियोगिताको म्यान आफ द म्याच घोषित हुदै लालबन्दी–११, का दिपक मगरले ट्रफी जितेका छन् । आयोजकका अनुसार बिहिवारको पहिलो खेल सुनौलो युवा क्लव डुम्जनटोल र ढल्केवर युवा क्लव ढल्केवार विच प्रतिस्पर्धा हुनेछ । भने, दोस्रो खेलमा हिरापुर युवा क्लव हिरापुर र अन्नपुर्ण सहारा युवा क्लव धरहरा विच खेल हुने भएको छ ।

प्रतियोगिताको मंगलवार बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानले उदघाटन गरेकी थिईन् । खेलको माध्यमबाट राजघाटको पहिचान देश विदेश सम्म फैलाउने र स्थानीय युवाहरुलाई खेल प्रति आकर्षित गर्न बर्षेनी प्रतियोगिता आयोजना गर्दै आएको क्लवका अध्यक्ष कृष्ण वाईबाले बताए ।

प्रतियोगितामा सर्लाही सहित रौतहट, बारा र धनुषाका समेत गरी १६ वटा टिमले भाग लिएका छन् । कात्तिक १४ गते फाईनल हुने खेलका विजेताले १ लाख १ हजार १ सय ५१ रुपैया र उपबिजेता टोलीले ५१ हजार १ सय ५१ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक क्लवले जनाएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।