Wednesday, March 29, 2023

चन्द्रनगरमा वडा कार्यलयबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुसी

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

चन्द्रनगर–सर्लाहीको चन्द्रनगर गाउँपालिकाले वडा कार्यलयबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।

बिहिवार चन्द्रनगर गाउँपालिका–४, का लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै पालिका प्रमुख राज कुमार महतोले कार्यको आरंभ गरे । सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम वडाको पोखरीया स्थित वडा कार्यलयमा राखिएको थियो । गाउँ नजिकैको वडा कार्यबाट सामाजिक सुरक्षा भत्ता पाएपछि लाभग्राहीहरु समेत खुसी भएका छन् ।

गत बैशाखमा सम्पन्न चुनावमा गाउँवासी सगँ आफुले गरको प्रतिवद्धता अनुसार सामाजिक सुरक्षा भत्ता वडा सम्म पु¥याएको अध्यक्ष महतोले बताए । नगरमा रहेको एनआईसी एसिया बैँक शाखा सगँ समन्वय गरेर भत्ता वडा कार्यलयबाट वितरण गर्ने ब्यवस्था गरिएको उन्को भनाई छ । सामाजिक सुरक्षा भत्ताको लागि बैँक सम्म धाउनु पर्दा सेवाग्राही थप मारमा परेका थिए ।

‘मैले चुनावमा गरेको प्रतिवद्धता केही हद सम्म पुरा गरेको छु ।’ गाउँपालिका अध्यक्ष महतोले भने, ‘अशक्त ब्यक्तिले पाउने सामाजिक सुरक्ष उहाँहरुको घर दैलो सम्म कसरी पु¥याउन सकिन्छ ? भन्ने कुरामा मेरो सधै चिन्ता रईरहन्छ । बृद्ध बुद्धाहरु हिड्नु परेको देख्दा मलाई पिडा महसुस भईरहेको छ । यसैले हामीले पालिकाबाट समेत कर्मचारी खटाएर यो ब्यवस्था गरेका छौँ ।’

पालिका, वडा र बैँकबाट कर्मचारी ब्यवस्था गरेर अशक्त र अपांग समुहलाई थोरै भएपनि राहत दिने प्रयास गरेको बैँक शाखाले जनाएको छ । यस पहिला चन्द्रनगर गाउँपालिकाका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न ईश्वरपुरको बयलवास सम्म पुग्नु पर्ने बाध्यता रहदै आएको थियो । कुनैबेला त हप्ता दिन सम्म महंगो भाडा तिरेर धाउनु परेको सम्झना कामदकी रिता देवीको संझना ताजै छ ।

यसरी आफ्नै वडाबाट सामाजिक सुरक्षा भत्ता पाएपछि लाभ्राही दंग परेका छन् । अर्की जेष्ठ महिला सिहनी देवीले गाउँपालिका अध्यक्ष महतोले प्रतिबद्धता पुरा गरेको खुसी ब्यक्त गरिन् । ‘यसलाई घरको दैलो सम्म ल्याई दिए यो उमेरमा दुख पाहिदैन थियो भन्ने, उन्को अनुरोध छ । पारदर्शिताको लागि भन्दै बैँकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरणबाट जेष्ठ तथा अशक्त नागरिकहरुले सुविधा भन्दा पनि धेरै दुख पाहिरहेका छन् ।

अध्यक्ष महतोको उदाहरणिय कार्यको स्थानीय बुद्धिजिवीहरुले समेत खुलेर प्रशंसा गरिरहेका छन् । बैँकमा सामाजिक सुरक्षा भत्ता लिनजादा, दिनै मायामार्नु पर्ने, उभिन पनि मुस्किल पर्ने समयमा तातो घाममा उभिर बस्नु पर्दा राज्यले सुविधा भन्दा पनि धेरै संजाय दिएको जस्तो महसुस हुने गरेको लघुवा गाउँकी स्थानीय शारदा खातुनको दुखेसो थियो ।

वडा नम्बर ४ बाट सुरु भएको सामाजिक सुरक्षा भत्ता वितरण कार्यले ७ वटै वडामा उच्च प्राथमिक्ताका पाउने नगरका फिल्ड सहायक अभिनाश महतोले जानकारी दिए । समाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिता देवी महतो, वडानम्बर ३ का वडाध्यक्ष सिताराम महतो, वडा नम्बर २ का वडाध्यक्ष शम्भु प्रसाद साह लगाएतको आतिथ्यता रहको थियो ।

यस्तै कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष दिपेन्द्र चौधरी, वडा नम्बर ४ का वडाध्यक्ष राजिब सिंह दनुवार, कार्यपालिका सदस्य सीता देवी, लालबाबु साह, ईन्दला देवी साह, समाजसेवी महावीर महतो, रामछबिला साह, मुनसिप महतो, ४ नम्बर वडाका निवर्तमान वडाध्यक्ष जग्दिश साह लगायत विभिन्न व्यक्तिहरुको आतिथ्यता रहेको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।