Wednesday, March 29, 2023

बागमती युवा क्लवका दुई खेलाडि १५ बर्ष मुनी राष्ट्रिय महिला फुटवल टिममा छनौट

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

सर्लाही–बंगलादेशमा हुने प्रतियोगिताको लागि छनौट गरिएकोे १५ बर्ष मुनीका महिला राष्ट्रिय टिममा बागमती युवा क्लवका दुई खेलाडि छनौट भएका छन् ।

शुक्रवार अखिल नेपाल फुटवल संघ एन्फाले सार्वजनिक गरेको १५ बर्षमुनी उमेर समुहका राष्ट्रिय महिला टिममा बागमती युवा क्लवमा आवद्ध खेलाडि सविता मण्डल र प्रेरणा डोल्मा लामा छनौट भएका हुन् । मुख्य प्रशिक्षक भगवती राना मगरले शुक्रबार क्षेत्रीय प्रतियोगिताका लागि टोलीको घोषणा गरेका हुन् ।

टोलीले नोभेम्बर १ देखि १२ सम्म बंगलादेशमा हुने साफ यू–१५ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ । यस क्लवबाट राष्ट्रिय टिममा यस पहिला पनि महिला तथा पुरुष खेलाडिहरु छनौट भैसकेका छन् । मोफसलको क्लवबाट समेत यसरी राष्ट्रिय टिममा खेलाडि छनौट हुनु खुसीको कुरा भएको क्लवका अध्यक्ष किस्मतराज मैनालीले प्रतिकृया दिए ।

प्रतियोगिताको लागि एन्फाले २३ जना खेलाडि छनौट गरेको छ । राष्ट्रिय टोलीमा छनौट भएका दुवैजना क्लवका अत्यन्त अनुसासित र मेहनती खेलाडि रहेको क्लवका सचिव कुमार प्रधानले जानकारी दिए । प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल र भुटानले मात्रै सहभागिता जनाउने छन् ।

सेप्टेम्बरमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको केन्द्रीय छनोटमा सुरुमा ६६ खेलाडी प्रवेश गरेका थिए ।

अन्तिम टोली:
गोलकिपरः राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल
डिफेन्डरः सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही
मिडफिल्डरः सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन
फरवार्डः दीपा रोकाया, समीक्षा मगर, वर्षा ओली, सेनु परियार

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।